निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पिंक टिफानीको ठमेलमा एक बर्ष, देशभर शाखा विस्तार गर्ने लक्ष्य

पिंक टिफानीको ठमेलमा एक बर्ष, देशभर शाखा विस्तार गर्ने लक्ष्य

696
SHARES

काठमाडौं (पहिचान) साउन १३ – पिंक टिफानी रेष्टुरेन्टले देशभर शाखा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ । बसन्तपुर हुँदै पर्यटकिय क्षेत्र ठमेल पुगेको टिफानीले देशभर शाखा विस्तार गर्ने जनाएको हो । ठमेलमा रेष्टुरेन्ट संचालन गरेको एक बर्ष पुगेको अवसरमा संचालिका तेस्रोलिंगी व्यवसायी मेघना लामाले सबैको साथ सहयोग लिएर पिंक टिफानीलाई देशभर पुर्याउने बताइन ।

झण्डै ३४ लाख लगानीमा संचालन भएको पिंक टिफानीमा १० जनाले रोजगारी पाएका छन् । रोजगारी पाएका मध्ये २ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य रहेको लामाले जानकारी दिइन । उनले तीन बर्ष अघि बसन्तपुरमा पिंक टिफानी खोलेकी थिइन ।

‘ठमेलमा खोल्ने पहिलेदेखिकै इच्छा थियो लामाले पहिचान अनलाइनसँग कुरागर्दै भनिन्, ठाउँ पाउने वित्तिकै ठमेलमा सारेकी हुँ ।’ उनले रेष्टुरेन्ट संचालनमा घर, परिवार र यौनिक तथा लैंगिक अल्पसंख्यकको साथ पाइरहेको सुनाइन् ।

पहिलो बर्ष पुरा भएको अवसरमा लामालाई रेष्टुरेन्टमा पुगेरै समुदायका सदस्य, शुभेच्छुक, कलाकार लगायतले प्रगतीको शुभकामना दिए । ठमेलको नाम लिएर तेस्रोलिंगी माथि विभेद हुने गरेको भन्दै संचालिका लामाले व्यवसायनै संचालन गरेर ठमेलमा तेस्रोलिंगी माथि हुने विभेद अन्त्य गर्ने सोच रहेको बताइन ।

उनले तेस्रोलिंगीले संचालन गरेको रेष्टुरेन्ट खोज्दै खोज्दै आउने गरेको सुनाइन । ‘नेपालमै पहिलो भएर होला उनले भनिन्, तेस्रोलिंगीले संचालन गरेको पिंक टिफानी खोज्दै आउनेहरु धेरै छन् ।’ उनले पर्यटकिय क्षेत्र ठमेलमा विदेशी पाहुनाहरु चासोका साथ पिंक टिफानीमा आउने गरेको बताइन ।

समाचार शेयर गर्नुहोस्
696
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.