संबिधानमा भएका अधिकार कार्यान्वयन गर्न कानुनमन्त्रीको ध्यानाकर्षण

संबिधानमा भएका अधिकार कार्यान्वयन गर्न कानुनमन्त्रीको ध्यानाकर्षण

910
SHARES

काठमाडौं (पहिचान) साउन २३ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले संबधानमा भएका अधिकार कार्यान्वयन गर्न कानुनमन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराएका छन् । पहिलेनै नागरिकता लिएकाहरुले नाम परिवर्तन गरेर नागरिकता लिन नपाएको भन्दै छुट्टै कानुन या भएका कानुनलाई संसोधन गर्न मन्त्री ढकालको ध्यानाकर्षण गराएको नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन ।

मन्त्री ढकाललाई संबिधानको धारा १८ को समानताको हक र धरा ४२ को सामाजिक न्यायको हकमा लेखिएको यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कार्यान्वयन हुने गरि असोज ३ गते अघिनै कानुन बनाउन ध्यानाकर्षण गराएको कार्यकारी निर्देशक ढकालले बताइन । नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको नेतृत्वमा कार्यकारी निर्देशक ढकाल, तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ र बिन्दिया गौतम सहितको टोलीले बैबाहिक अधिकारको कानुन बनाउन आग्रह समेत गरेको छ ।

जवाफमा मन्त्री ढकालले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे आफू जानकार भएको बताए । ‘म तपाईहरुको समुदायबारे पहिले देखिनै जानकार छु मन्त्री ढकालले भने, संबिधान अनुसार कानुन बनाउने क्रममा यो समुदायको अधिकार समेट्ने छौ ।’ उनले कानुन बनाउँदा आवश्यक परेमा समुदायलाई बोलाउने आश्वासन समेत दिएको टोलीमा सहभागी कार्यकारी निर्देशक ढकालले बताइन ।

सरकारले अहिले संविधानमा रहेका ३१ वटा मौलिक हक कार्यान्वयन हुने गरि छुट्टै र संसोधन गर्नु पर्ने गरि १५ वटा कानुन तयार गरिरहेको छ । मौलिक हकमा रहेका केही व्यवस्था कार्यान्वयन हुने गरि मुलुकी देवानी संहिता र फौजदारी संहितामा समावेश भइसकेको कानुन मन्त्रालयले जनाएको छ ।

फोटो : बिन्दिया गौतम

समाचार शेयर गर्नुहोस्
910
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.