चार पत्रकारलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

चार पत्रकारलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान

747
SHARES

काठमाडौं (पहिचान) साउन २८ – आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५ बाट चार जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आफ्नो १९ औ स्थापना दिवसको अवसरमा चार जना पत्रकारलाई पुरस्कृत गरेको हो ।

यो वर्ष रेडियोबाट विमला चौधरी, अनलाइनबाट पत्रकार उजिर मगर, टेलिभिजनबाट भैरव आङला र छापा माध्यमबाट छेटु शेर्पा पुरस्कृत भएका छन् । फोनिजले हरेक वर्ष पत्रकारिता क्षेत्रबाट योगदान दिने चारजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पुरस्कृत पत्रकारले जनही ४० हजार नगद पुरस्कार पाए ।

पुरस्कार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वितरण गरेका हुन् । फोनिजका सल्लाहकार खिम घलेको संयोजकत्वमा कठित पुरस्कार छनौट समितिले फोनिजले गरेको आह्वानबाट देशभरबाट आएका निवेदनहरू मध्येबाट चारजनालाई छनौट गरेको हो।

समाचार शेयर गर्नुहोस्
747
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.