यौनिक तथा लैंगिक अल्पसंख्यक बिद्यार्थी मञ्चको युवा दिवसमा सहभागिता

यौनिक तथा लैंगिक अल्पसंख्यक बिद्यार्थी मञ्चको युवा दिवसमा सहभागिता

काठमाडौं (पहिचान) साउन २९ – अन्तराष्ट्रिय युवा दिवसका अवसरमा भएका कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक बिद्यार्थी मञ्चले सक्रिय सहभागिता जनाएको छ । खेलकूद मन्त्रालय र युवा परिषद्ले मनाएको अन्तराष्ट्रिय युवा दिवसमा मञ्चले सहभागिता जनाएको हो । नेपालमा सन् २००२ देखि युवा दिवस मनाउन थालिएको हो ।

दिवस सन् २००२ देखि मनाउदै आए पनि समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी युवालाई भने त्यो बेला कुनै थाहा थिएन । सन् २०१२ मा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको विद्यार्थी मञ्च नेपालको स्थापना भए मञ्चले युवाको विषयमा काम गर्ने विभिन्न संघ संस्थाहरुसँग सहकार्य र वकालत गर्न थाल्यो । त्यसको एक बर्ष पछि २०१३ देखि बल्ल यो समुदाय युवा दिवसमा सहभागी हुन थालेको मञ्चका अध्यक्ष भक्ती शाहले जानकारी दिए ।

यस पटकको युवा दिवसमा समुदायका युवाहरु पहिलाको भन्दा धेरै संख्यामा सहभागी भएका शाहले बताए । ‘शुरु शुरुमा यस्ता कार्याक्रमहरुमा थाहा हुदैन थियो, तर आज भोली भने धेरै कुराहरु थाहा भएको छ शाहले भने, अहिले युवा परिषदले गर्ने हरेक बैठक र कार्यक्रहरुमा बोलाउले गरेको छ ।’

उनले पहिला पहिला यौनिक तथा लैंगिक अल्पसंख्यकका धेरै युवा कार्यक्रममा आउन नमान्ने गरेपनि यो पटक भने धेरै जना आएको देख्दा खुशी लागेको शाहले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.