नेपालका लागि नयाँ युएसएआईडी निर्देशकमा एमी टोहिल स्टलको शपथ ग्रहण

नेपालका लागि नयाँ युएसएआईडी निर्देशकमा एमी टोहिल स्टलको शपथ ग्रहण

काठमाडौं (पहिचान) भदौ ८ – अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआईडी) का नयाँ नेपाल निर्देशकका रूपमा एमी टोहिल स्टलको शपथ ग्रहण भएको छ । अमेरिकी दूतावासमा भएको कार्यक्रममा कार्यवाहक राजदूत माइकल सी. गोन्जालेसले एमी टोहिल स्टलको सपथ ग्रहण गराएका हुन् ।

कार्यवाहक राजदूत गोन्जालेसले विगत चार वर्षमा एमीजीलाई रणनीतिक नेतृत्वकर्ता, कुशल प्रबन्धक र सहयोगी सहकर्मीका रूपमा पाएको बताए । ‘उहाँको नीति, राजनीति र साझेदारीसम्बन्धी बुझाइ समृद्ध छ उनले भने, नेपालमा सरकारी अधिकारी, कार्यान्वयन साझेदार, दातृनिकाय, नागरिक समाज तथा निजी क्षेत्रसँग काम गरेर सँगालेको अनुभवले उहाँको मुलुकसम्बन्धी बुझाइलाई सशक्त बनाएको छ, जसलाई उहाँले निर्देशकको पदभार ग्रहण गरेपछि पूर्ण रूपमा सदुपयोग गर्नुहुनेछ ।’

कार्यवाहक राजदूत गोन्जालेसले नेपालको विकासमा युएसएआईडी तथा टोहिल स्टलले खेल्ने भूमिकाको समेत चर्चा गरे । “युएसएआईडीको तर्फबाट नेपाललाई हुने वार्षिक सहायताले लाखौँ नेपालीलाई साक्षर बन्न, सुरक्षित रूपमा सन्तान जन्माउन, आयआर्जन वृद्धि गर्न, परिवारलाई विपद्बाट जोगाउन र आफ्नो अधिकारका रूपमा जानकार रहन सघाएको छ उनले भने, नेपाली नागरिकको जनजीवन र कल्याणमा सुधार गर्न सघाउने दिशामा युएसएआईडीको नेतृत्वको भूमिका महत्त्वपूर्ण रहनेछ ।”

अमेरिकी परराष्ट्र सेवामा लामो समय बिताएकी टोहिल स्टलसँग आफ्नो नयाँ पदका लागि २५ वर्षभन्दा लामो विकास अनुभव रहेको अमेरिकी दूतावासले जनाएको छ । निर्देशकको पदमा नियुक्त हुनुअघि टोहिल स्टल चार वर्षसम्म नेपालका लागि सहायक युएसएआईडी निर्देशकका रूपमा कार्यरत थिए ।

टोहिल स्टलले अमेरिकन युनिभर्सिटीबाट अन्तराष्ट्रिय विकासमा स्नाकोत्तर र पर्ड्यु युनिभर्सिटीबाट राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading