किन तेस्रोलिंगी पुरुषसँग जीवन बिताउने निधो गरे ?

किन तेस्रोलिंगी पुरुषसँग जीवन बिताउने निधो गरे ?

5.7k
SHARES

काठमाडौं (पहिचान) भदौ २४ – म समलिंगी होइन, मेरो साथी तेस्रोलिंगी पुरुष (ट्रान्समेन, पुरुषको स्वभाव भएको केटी) हो । उसको घर र मेरो घर नजिकै छ । हामी एउटै स्कुलमा पढ्दादेखी नै एकदम मिल्थ्यौ । सँगै जान्थ्यौ, स्कुल खाजा सँगै खान्थ्यौ अनि सँगै फर्किन्थ्यौ । स्कुलमा कुनै केटासाथीले जिस्काउदा उनी रिसाउथिन र केटासाथीसँग बहस गर्थिन ।

मैले साथीनै सोचेकी थिए र पनि उनी अलि फरक बिचार धाराको मान्छे भएर होला अरुले मलाइ जिस्काउदा रिसाउने । यस्तै गर्दै स्कुल कलेज हामी सँगै पढ्यौ । उ र म केटी केटी नै हो हामीबीच अरु केही थिएन र पनि हामीबीच आत्मीय आकर्षण थियो र छ पनि ।

यस कारण बिगत ९ बर्षदेखि हामी समलिंगी सम्बन्ध (लिभिङ टुगेदर) मा छौ । अहिले हामी ३० बर्षका भयौ । लिभिङ टुगेदरमा बस्ने निधो गर्नेबेला हामी करिब २१ बर्षका थियौ । जवानीको बेला हामीलाइ आत्म सन्तुस्टिको चाह थियो । म र मेरो साथीसँगै बस्ने जिन्दगी बिताउने निधो गर्नुको सबै भन्दा ठूलो कारण यहि हो ।

हामी दुई एक अर्काभन्दा एकदमै भिन्न छौ । सोच फरक छ । आनिबानी फरक छ । मलाइ चहकिलो रङ्ग मन पर्छ । कुर्था सुरुवाल अनि लिपस्टिक लगाउन मन पर्छ । तर उनलाइ फिक्का रङ्ग मन पर्छ । टिसर्ट पाइन्ट केटाको पहिरन मन पर्छ । म मोबाइलमा ब्यस्त रहन्छु त उनी टिभी हेर्छन । यहि हो हाम्रो जिन्दगी । थोरै ठाकठुक र आफ्नै तरिकाले जिउने स्वतन्त्रता ।

हुन त हामी एउटै छानामुनी बस्दै आएका छौ । उसले एउटा बैंकमा बैंकर भएर जागिर खाएको छ । म एउटा अस्पतालमा ल्याब टेक्निसियनको रुपमा जागिर गर्छु । उ आफ्नै बैंकको साथीभाइसंग रमाउछ, म अस्पतालको साथीहरूसंग रमाउछु ।

हामी एउटाको जागिरले घर खर्च, सपिङ्ग अनि साथीहरूसँग घुमफिरमा खर्च गर्छौ त एउटाको तलब जम्मा गरेर राख्छौ । तर हामीले एकाअर्काको स्वतन्त्रतामा हस्तक्षेप गरेका छैनौ ।

आजकलको बैबाहिक सम्बन्धमा यति स्वच्छन्दता कहाँ हुन्छ र ? जब अपेक्षा बढ्छन दुइबीचको सम्बन्ध फिक्का हुँदै जान्छ र अन्ततः तोडिन्छ । हामी दुवैजना आफ्नो आवश्यकताका लागि अरु कसैको मुख ताक्दैनौ । मान्छेहरूलाई लाग्दो हो, हामी एकअर्कासँग यसरी बसिरहेकोमा केही समस्या पक्कै हुनुपर्छ । तर हामीबीच त्यस्तो केही छैन ।

अरूको सोच बदल्ने वा उनीहरूले के सोच्छन् मलाई त्यसको मतलब छैन । म सिन्दूर लगाउँछु र गहनाले सजिन्छु । मन लागेसम्म लगाउँछु, मन नलागे लगाउँदिन । यो सम्बन्धबाट एउटा कुरा बुझियो कि तपाईँ जोसँग पनि बस्न सक्नुहुन्छ । जिन्दगी भने त्यो व्यक्तिसँग मात्रै बिताउन सक्नुहुन्छ जसले साथ दिन्छ तर स्वतन्त्रता खोस्दैन ।

मानिसहरूलाई हामीले बाँचिरहेको जिन्दगी निकै अनौठो लाग्छ । उनीहरू यो बुझ्दैनन् कि हामी दुई साथी हौँ, आफूले कमाएको खाइरहेका छौँ, सँगै बसिरहेका छौँ । न कसैको केही मागेका छौ, न कसैसँग केही गुनासो गरेका छौं । आखिर यसमा गलत के छ ? हामी यसरी नै जिन्दगी कटाउने बाचा गरेर अगाडी बढेको छौ ।

समाचार शेयर गर्नुहोस्
5.7k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.