रेशुको ‘इमोशनल ब्लाकमेल’, केहीसँग रकम असुलेर फरार भएपछि प्रहरीले खोजी गर्दै

रेशुको ‘इमोशनल ब्लाकमेल’, केहीसँग रकम असुलेर फरार भएपछि प्रहरीले खोजी गर्दै

काठमाडौं (पहिचान) असोज १ – नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मिष्टर एण्ड मिस रेन्बो प्रतियोगिता आयोजना गर्न फारम संकलन गरेका व्यक्ति फरार भएका छन् । सामाजिक संजालमा भोटिङ गर्न लगाएर एक जनालाई विजयी घोषित समेत गरेका रिऋर्ब रेशु फरार भएका हुन् ।

आफूलाई शिक्षण अस्पतालको मेडिकल डाक्टर हुँ भन्दै अस्पतालको गेटमै बसेर औषधी सिफारिस गर्ने गरेका रेशुलाई पक्राउ गर्न पीडितले महानगरिय प्रहरी परिसर टेकूमा निवेदन दिएका छन् । पीडितहरुको निवेदन परेको र निवेदन अनुसार रेशुको खोजी भइरहेको प्रहरी परिसर टेकूको अपराध शाखाका प्रहरी नायव उपरिक्षक डिएसपी मोहन थापाले जानकारी दिए ।

डिएसपी थापाले यस बिषयमा पीडितसँग पनि छलफलको तयारी भएको बताउँदै भारतबाट कलाकार ल्याएर कार्यक्रम गर्ने भनेर फारम भराएर भागेका रेशुलाई पक्राउ गरेर कानुनी कारवाही गर्ने बताए । रेशुले मिष्टर एण्ड मिस रेम्बोको फेसबुक पेज खोलेर यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आवेदन दिन आव्हान गरेका थिए । आवेदन दिएका मध्ये १७ जना छनौट भएको बताएका रेशु कार्यक्रम नगरि फरार भएपछि पीडितहरुले खोजी गरेर कारवाही गर्न प्रहरी परिसरमा निवेदन दिएका हुन् ।

उनले मिष्टर एण्ड मिस रेन्बोको फेसबुक पेजमा फारम भर्ने समलिंगी, तेस्रोलिंगीसँग पैसा मागेपछि सहभागीहरु संशकित भएका थिए । उनले केही व्यक्तिसँग रकम समेत असुलेको निवेदन प्रहरीमा परेको छ ।

द लिभिङ डिभाइन फोउण्डेशनको संस्थापक अध्यक्ष भएको र त्यो संस्थाले कार्यक्रम आयोजना गर्न लागेको उनले संचारमाध्यमलाई प्रेषित गरेका थिए । भारतीय कोरियोग्राफी लक्की सुरिन र कोरियोग्राफर एवं मोडल तन्जिम आलमले साउन २५ गतेहुने अन्तिम सत्रको प्रतियोगिता संचालन गर्ने रेशुले बताउँदै आएका थिए ।

तर आजसम्म पनि न उनले प्रतियोगिता गर्न नसकेको भनेर सार्वजनिक गरेका छन, न प्रतियोगिता सरेको भनेर भनेका छन् । उनी अहिले अधिकार विहिन समुदायको इमोशनमा खेलवाड गरेर भागेका हुन् ।

फारम भर्न लगाएर आफूहरुसँग इमोशनल ब्लाकमेल गरेको र समाजमा पीछडिएको समुदायको भवना माथि नै खेलवाड गरेको भन्दै पीडितहरुले प्रहरीको गुहार मागेका हुन् । पटक पटक मिति सार्दै जाने तर कार्यक्रम नगर्ने रेशुको काम प्रति असुन्तुष्टी जनाउँदै सहभागीहरुले रेशुलाई यसअघि नै इमोशनल ब्लाकमेल नगर्न चेतावनी दिएका थिए ।

इमोशनल ब्लाकमेल’ नगर्न रेशुलाई चेतावनीफेरी पनि मिति सारे चुप नबस्ने

मिष्टर एण्ड मिस रेम्बोमा १७ जना छनौटभारतबाट दुई जना मोडल एवं कोरियोग्राफर आउने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.