“कुष्ठरोगरहित विश्वको परिकल्पनाका लागि” राष्ट्रव्यापी कविता प्रतियोगिता

“कुष्ठरोगरहित विश्वको परिकल्पनाका लागि” राष्ट्रव्यापी कविता प्रतियोगिता

काठमाडौं (पहिचान) कार्तिक ६ – कुष्ठरोगरहित विश्वको परिकल्पनाका लागि राष्ट्रव्यापी कविता प्रतियोगिता २०७५ आयोजना हुने भएको छ । कुष्ठरोग प्रभावित सम्मिलित सामाजिक संस्था आइडिया नेपालले द लेप्रोसी मिसन इन्टरनेशनलको साहयोगमा राष्ट्रव्यापी नेपाली कविता प्रतियोगिता गर्ने भएको हो ।

शुद्ध नेपाली भाषामा लेखिएका, प्रिती फन्ट अथवा युनिकोडमा टाइप भएका कविता [email protected] इमेलमार्फत पठाउन आइडिया नेपालले अनुरोध गरेको छ । कविहरूमा उमेरको कुनै पनि हदबन्दी तोकिएको छैन ।

इमेलबाट प्राप्त कविताहरूलाई विज्ञ निर्णायकहरूको समूहबाट मूल्याङ्कन गराई प्रथम बीस कविहरूको सूची पहिलो चरणमा सार्वजनिक गरिने छ । छानिएका कविताहरूको वाचन काठमाडौँमा गरिने छ र सोही दिन विजेताको घोषणा गरी पुरस्कार राशि र प्रमाणपत्र प्रदान गरिने आइडिया नेपालले जनाएको छ ।

कविता पठाउँदा कविको नाम, स्थायी ठेगाना, हालको ठेगाना, फोन नम्बर, इमेल आइडी तथा हालै खिचेको एउटा फोटो अनिवार्य रूपमा पठाउन पनि आइडिया नेपालले अनुरोध गरेको छ ।

कविता यही कार्तिक ३० गतेभित्र पठाइसक्नु पर्नेछ भने मंसिर ४ गते छानिएका २० कविताको घोषणा हुनेछ । कविता बाचन प्रतियोगिता मंसिर ८ गते हुने आइडिया नेपालका अध्यक्ष अमरबहादुर तिमल्सिनाले जानकारी दिए । पहिलो हुने कविताले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.