ब्रिटिस काउन्सिलले एलजिबिटिआई फिल्म फेस्टिवल गर्ने

ब्रिटिस काउन्सिलले एलजिबिटिआई फिल्म फेस्टिवल गर्ने

काठमाडौं (पहिचान) कार्तिक ७ – ब्रिटिस काउन्सिलले यौनिक तथा लैंगिक अल्पसंख्यक चलचित्र महोत्सव गर्ने भएको छ । नील हिरा समाज र फोटो काठमाडौंसँगको सहकार्यमा काउन्सिलले एलजिबिटि चलचित्र महोत्सव गर्ने भएको हो । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालले काउिन्सलमा आज पत्रकार सम्मेलन गरेर नोभेम्वर ४ तारिखमा काउन्सिलमा एलजिबिटिआई सम्बन्धी ९ वटा चलचित्र प्रदर्शन गर्ने जानकारी दिएको हो ।

काउन्सिलका कला म्यानेजर निश्चल ओलीले पहिलो पटक एलजबिटिआई चलचित्र महोत्सव गर्न लागेको बताए । उनले बेलायतमा प्रदर्शन भएका मध्ये ९ वटा चलचित्र नेपालमा देखाइने बताए ।

नेपालमा समलिंगी पुरुष अनुज पिटरको जीवनीमा आधारित रहेर निर्माण भएको स्वीकार नामक फिल्म पनि महोत्सवमा देखाइने छ । योसँगै आइ एम वमेन, टेक योर पार्टनर, बाल्कोनी, जेमी, क्रस लगायतका फिल्म प्रदर्शन हुनेछ । यि फिल्म काठमाडौंका तीन वटा कलेजका बिद्यार्थी र शिक्षकलाई पनि देखाउने तयारी रहेको ओलीले जानकारी दिए ।

कला मार्फत समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी समुदायमा रहेको नकारात्मक सोच बदल्न सहयोग पुग्ने फोटो काठमाडौंका निरञ्जन कुँवरले बताए । ‘परिवर्तन एकै पटक हुँदैन र ग्यारेन्टी पनि छैन कुँवरले भने, हामीले कोसिस मात्रै गरेका छौ ।’ उनले आउँदो शुक्रबार एलजिबिटिआई फोटो प्रदर्शनी हुने जानकारी पनि दिए ।

तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले चलचित्रमा हाँसोको पात्रका रुपमा मात्रै देखाइने गरिएकोमा अहिले बास्तविक जीवनसँग मेल खाने गरि चलचित्र बन्न थालेको बताइन । उनले संचारमाध्यमको सहयोगकै कारण आफ्नो समुदायले अधिकार पाउँदै गएको बताइन ।

तेस्रोलिंगी अधिकारकर्मी स्वस्तिका लामा एलजिबिटिआईबारे बुझाउने मात्रै नभइ मुभमेन्ट के चलिरहेको छ भन्ने जानकारी दिन सुझाव दिइन । समलिंगी अधिकारकर्मी मानव तामाङले फोटो प्रदर्शनीमा महिलाका मात्रै तस्विर राखिएको बताए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको पनि तस्विर प्रदर्शन गर्न सुझाव दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading