अपाङ्गता भएकी बालिका र एचआइभी संक्रमित बालकलाई सहयोग

अपाङ्गता भएकी बालिका र एचआइभी संक्रमित बालकलाई सहयोग

रुपन्देही (पहिचान) कार्तिक ९ – अपाङ्गता भएकी बालिका र एचआइभी संक्रमित बालकलाई सहयोग जुटाउन च्यारिटी शो र फेशन शो कार्यक्रम भएको छ । रुपन्देहीको बुटवलमा तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाको अगुवाइमा भएको कार्यक्रममा २ लाख नगद संकलन भएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ । आरएनएस स्टायल आयोजक रहेको कार्यक्रमको नेतृत्व तेस्रोलिंगी रानाले गरेकी थिइन । च्यारिटी शो कार्यक्रममा टिकट बिक्रीबाट २ लाख र बुटवल उपमहानगरपालिकाको ५० हजार गरेर २ लाख ५० हजार संकलन भएको रनाले जानकारी दिइन ।

कार्यक्रमको खर्च कटाएर अपाङ्गता भएकी बालिकालाई ह्वील चेयर वितरण गरिएको छ । न्यू इन्भारमेन्ट बोर्डिङ स्कूलमा कक्षा २ मा अध्ययनरत एचआइभी संक्रमित बालकलाई एक बर्षको छात्रवृत्ति प्रदान गरिएको रानाले जानकारी दिइन ।

कार्यक्रममा नायिका करिष्मा मानन्धरले यस्ता कार्यक्रम राज्यलाई चुनौती भएको बताइन । तेस्रोलिंगी अधिकारकर्मी राना सहयोगी हातहरुको समूहमा पनि आवद्ध छिन् । उनले समूह मार्फत सहयोग जुटाएर सामाजिक सेवा गर्दै आएको बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.