‘मुन धर्मको पैसाले गोजी भरुञ्जेल अधिकार पाउन संभव देखिएन’

‘मुन धर्मको पैसाले गोजी भरुञ्जेल अधिकार पाउन संभव देखिएन’

काठमाडौं (पहिचान) मंसिर १९ – पूर्व सभासद् सुनिलबाबु पन्तले विवादित संस्था युनिभर्सल पिस फेडरेसनले आयोजना गरेको कार्यक्रममा सरकार आफै सहभागी भएकोमा आपत्ती जनाएका छन् । उनले मुन धर्मको पैसाले सरकारमा सहभागीहरुको गोजी भरुञ्जेल तेस्रोलिंगी समलिंगीले अधिकार पाउन संभव नदेखिएको समेत वताएका छन् ।

के प्रधानमन्त्री केपी शर्मा ओली मुनले स्थापना गरेको मुन धर्मको प्रचारक भएको कुरा आधिकारिक भएको हो ? पूर्व सभासद् एवं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता पन्तले प्रश्न गरेका छन् ।

नेपालमा मुन धर्मको पैसाले सरकारमा सहभागीहरुको गोजी भरुञ्जेल तेस्रोलिंगी तथा समलिंगीले अधिकार पाउन संभव नदेखिएको पन्तको भनाई छ । मुन धर्मले तेस्रोलिंगी समलिंगीको अधिकारको पनि घोर विरोध गर्छ पन्तले भने, यसका नेपाल प्रतिनिधिहरुले नेपालका तेस्रोलिंगी समिलंगीले अधिकार नपाउन भनेर २०६४ साल देखि नै निकै पहल र पैसा खर्च गरिरहेका छन् ।

केही सरकारी, राजनीतिक प्रतिनिधिहरु, सिडियो कार्यालय, केही गुण्डाहरु र केही पत्रकारलाई पैसा दिएर समलिंगी तेस्रोलिंगीको अधिकारका अभियन्तालाई निचा देखाउने र दवाउने खेल खेलेको पन्तको आरोप छ ।

पन्तले नेपालमा भएको एसिया प्यासिफिक समिटको प्रधानमन्त्री ओलीले उद्ध्घाटन र समापन गर्नुका साथै आर्शिवाद समेत लिएको बिषयमा यस्तो टिप्पणी गरेका हुन् ।

तस्बिर : सेतोपाटी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.