पोखरामा पहिलो पटक तेस्रोलिंगीहरुलाई सम्मान

पोखरामा पहिलो पटक तेस्रोलिंगीहरुलाई सम्मान

कास्की (पहिचान) मंसिर २५ – घरपरिवार र समाजबाट अपहेलना खेपिरहेका तेस्रोलिंगीहरुलाई पोखरामा पहिलो पटक सम्मान गरिएको छ । १६ दिने लैंगिक हिंसा विरुद्धको दिवसको अवसर पारी नारी जागरण अभियान पोखराले पोखरामा रहेका तेस्रोलिंगीको मानवअधिकार, स्वास्थ्य सम्बन्धी काम गर्ने २ वटा संस्थालाई सम्मान गरेको हो ।

नारी जागरण अभियान पोखराको आयोजना र अपराध नियन्त्रणका लागी सामाजिक जागरण अभियान पोखरा, राष्ट्रिय सम्पदा संरक्षण समिती नेपाल, पोखरा उपत्यका बृहत सरसफाइ अभियान पोखरा र स्वयंसेवी मानवअधिकार रक्षक संजाल नेपालको सहकार्यमा पोखरामा नै पहिलो पटक तेस्रोलिंगीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नौलो बिहानीका प्रमुख राजु थकाली, परिवर्तन नेपालका प्रमुख बिन्धिया गौतम, परिवर्तन नेपालका अध्यक्ष राज क्षेत्री र नौलो बिहानीका निर्देशक नैना गुरुङलाई सम्मान गरिएको हो । मानव सेवा आश्रम पोखराको प्राङ्गणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले तेस्रोलिंगीहरु राज्यबाट समेत अपहेलित भइरहेको सन्दर्भमा नारी जागरण अभियानले लैंगिक हिंसा विरुद्धको अभियानको क्रममा सम्मान गर्न पाउदा निकै खुसी लागेको वताउदै अझैपनि तेस्रोलिंगीहरु नागरिकता लिनबाट बञ्चित भइरहेको र अव छिट्टैनै यसबारेमा पनि ठोस निर्णय आउने र उनीहरुले पनि अन्य नागरिक सरह सरल जीवन यापन गर्न सहज हुने वताइन ।

सो अवसरमा वोल्दै परिवर्तन नेपालका अध्यक्ष राज क्षेत्रीले समाज र घरपरिवारबाट अपहेलित भएर जीवन विताइरहेका तेस्रोलिंगीहरुलाई नारी जागरण अभियानले पोखरामा पहिलो पटक सम्मान गर्दा आफुहरु निकै खुसी भएको वताउदै आगामी दिनमा यस्ता सम्मान गर्ने संस्थाहरुसंग सहकार्य गरेर समाजिक अभियानमा अगाडी वढ्ने प्रतिवद्धता गरे ।

सो अवसरमा वोल्दै नारी जागरण अभियान पोखराकी अध्यक्ष अन्जु क्षेत्रीले लैंगिक हिंसा विरुद्धको अभियानमा आफुहरुले पहिलो पटक तेस्रोलिंगी जो घरपरिवार र समाजबाटै अपहेलना र तिरस्कृत बेहोरिरहेको समुदायलाई पनि अभियानमा समेट्नुपर्छ भन्ने उद्देश्यले पहिलो पटक सम्मान गरेको र आगामी दिनमा सामाजिक अभियानहरुमा समेत उनीहरुलाई समावेश गरेर अगाडी वढ्ने वताए ।

लैंगिक हिंसा विरुद्धको अभियान अन्तर्गत नारी जागरण अभियानले यो हप्ता १२ वर्षकी गर्भवती किशोरीलाई नगद १८ हजार ६०० प्रदान गरेको छ भने शुक्रबार मात्रै पोखराको छोरेपाटनमा रहेको मानवसेवा आश्रममा १० हजार नगद र १५ हजार बराबरको खाद्यान्न आश्रममा आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ ।

साभार : मेरो हेडलाइन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.