पन्त र मुख्यमन्त्रीबीच भेटवार्ता

पन्त र मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौ (पहिचान) पुस ८ – पहिलो संविधान सभाका सदस्य तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका अभियन्ता सुनिल वावु पन्तले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङसँग भेट गरेका छन् । मुख्यमन्त्रीको कार्यालयमा भएको भेटमा विभिन्न विषयहरुमा कुराकानी भएको पन्तले जानकारी दिएका छन् । पहिलो संविधान सभामा पन्त र गुरुङसँगै थिए ।

‘हामीले पुराना दिनहरुको सम्झना गर्नुका साथै प्रदेशको विकास र अल्पसंख्यक समुदायको समावेशीकरणको मुद्धा र अन्य एजेण्डाहरुको वारेमा छलफल गर्यौ,’ पन्तले भने । उनले अल्पसंख्यक समुदायको हक र अधिकारको दृढ समर्थन गर्ने मुख्यमन्त्री पाउनु सौभाग्य भएको वताएका छन् । भेटमा उनले मुख्यमन्त्रीलाई सफलताको शुभकामना दिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.