मञ्चमा समलिंगी साथीको कथा

मञ्चमा समलिंगी साथीको कथा

920
SHARES

काठमाडौं (पहिचान) पुस ९ – समलैंगिकताको विषयमा केन्द्रित नाटक साथीको कथा मञ्चन सुरु भएको छ । शुक्रबारदेखि राजधानीको मण्डला थिएटरमा नाटकको मञ्चन सुरु भएको हो ।

भारतीय नाटककार विजय तेन्दुलकरको मित्राची गोष्टको नेपाली अनुवाद साथीको कथाले समलिंगीं किशोरीले आफ्नो प्रेम प्राप्त गर्न भोग्नु परेको कष्ट चित्रण गरेको छ ।

नाटककी मुख्य पात्र सुमित्रा (सुमी)ले आफु समलिंगी हुँ भन्ने थाहा पाएकै दिनदेखि भोग्नु परेको असहज अवस्थालाई नाटकमा प्रस्तुत गरिएको छ । सुमीले प्रेम गर्ने युवती नमाको पुरुष प्रेमिले उनीहरु दुईको प्रेममा सिर्जना गर्ने व्यवधानको माध्यमबाट नाटकले सामाजिक यथार्थ चित्रण गर्ने प्रयास गरेको छ ।

यस बाहेक सुमिलाई एकोहोरो प्रेम गरिरहेको पाण्डुले सुमि समलिंगी हो भन्ने थाहा पाएपछिको अवस्थाको कारुणीक चित्र पनि नाटकमा देख्न पाईन्छ ।

नेपाली समाजमा अझै पनि धेरैजसो यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले समाजबाट बहिष्कृत हुने गरेको तथ्य उजागर गर्दै नाटकले यौनिक तथा लैंगिक अल्पसंख्यकले सामाजिक बहिष्कार सहनुपर्दाको अवस्थालाई पनि सुमीको माध्यमबाट प्रस्तुत गरेको छ ।

रेनुका कार्कीको परिकल्पना तथा निर्देशन रहेको नाटक सागर चन्दले अनुवाद गरेका हुन् । नाटकमा आयुष्मान प्याकुरेल, अनिल सुब्बा, सूर्यमान लिम्बु, शारदा अधिकारी र सुस्मा निरौलाको अभिनय देख्न पाईन्छ ।

पुस ६ गतेबाट सुरु भएको नाटक पुस २२ गतेसम्म मञ्चन हुनेछ ।

समाचार शेयर गर्नुहोस्
920
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.