म तेस्रोलिंगी होइन : रुक्शाना

म तेस्रोलिंगी होइन : रुक्शाना

काठमाडौं (पहिचान) पुस १७ – रुक्शाना कपालीले आफू तेस्रोलिंगी (थर्डजेण्डर) नभएको बताएका छन् । संचारमाध्यममा आफूलाई तेस्रोलिंगी भनेर चिनाएकोमा उनले आपत्ती समेत जनाएका छन् । संचारमाध्यमलाई इमेल लेखर रुक्शानाले आफूलाई मिडियाले जवरजस्ती तेस्रोलिंगी भनेर पहिचान दिएको उल्लेख गरेका छन् ।

उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता लिएका छन् । तर, आफू तेस्रोलिंगी नभएको प्रष्टीकरण दिदै उनले संचारमाध्यमलाई यसअघि प्रकाशित भएका समाचार सच्याउन या मेटाउन दवाव दिएका छन् । उनले आफूलाई ट्रान्सजेण्डर भएको बताएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक एलजिबिटिआई समुदायभित्र समलिंगी महिला, समलिंगी पुरुष, तेस्रोलिंगी महिला, तेस्रोलिंगी पुरुष, दुईलिंगी महिला र पुरुष तथा अन्तरलिंगी महिला, अन्तरलिंगी पुरुष पर्दछन् । जन्मदा महिला र हुर्कदै बढ्दै जादाँ पुरुष हाउभाउ स्वभाव हुनेहरुले तेस्रोलिंगी पुरुष भनेर पहिचान दिने गरेका छन ।

जन्मदा पुरुष हुर्कदै बढ्दै जादाँ महिला हाउभाउ स्वभाव हुनेहरुले तेस्रोलिंगी महिलाको पहिचान दिने गरेका छन् । आफू तेस्रोलिंगी नभएको रुक्शानाको प्रष्टिकरणबारे नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले यो उनको व्यक्तिगत अनुभूति एवं विचार हुन सक्ने प्रतिक्रिया दिएकी छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading