३२ जना यौनिक तथा लैंगिक अल्पसंख्यक संस्थागत व्यवस्थापन तालिम लिदै

३२ जना यौनिक तथा लैंगिक अल्पसंख्यक संस्थागत व्यवस्थापन तालिम लिदै

काभ्रे (पहिचान) पुस २३ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरुले संस्थागत व्यवस्थापन तालिम लिइरहेका छन् । काभ्रेको धुलिखेलमा उनीहरुले पुस २७ गतेसम्म तालिम लिने तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले जानकारी दिइन ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालको आयोजनामा भइरहेको तालिममा विभिन्न जिल्लाका ३२ जना समुदायका सदस्यको सहभागिता रहेको छ । समुदायको समृद्ध र संस्थाको निरन्तरताका लागि कस्तो व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्धेश्यले तालिम आयोजना गरिएको रानाले बताइन ।

संस्था दर्ता प्रक्रिया, दर्ता भएका संस्थाको निरन्तरता र संस्थाको दिगोपनका बिषयमा सहभागीहरुले तालिम लिइरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघका कैलाश अधिकारीले जानकारी दिए ।

तालिममा संस्थाको निरन्तरतासँगै संस्थामा भैपरी आउने समस्याको न्यूनिकरणबारे पनि सिकाइरहेको महासंघकी राष्ट्रिय कार्यक्रम संयोजक शिमरन शेरचनले जानकारी दिइन । शेरचनका अनुसार संस्था संचालनमा हुने कमीकमजोरी अन्त्य गर्दै रणनीतिक तरिकाले अगाडी बढाउने क्षमता समुदायका सदस्यलाई प्रदान गर्न तालिम दिइएको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.