निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तीनै तहका सरकारले वेवास्था गरेको गुनासो

तीनै तहका सरकारले वेवास्था गरेको गुनासो

684
SHARES

रुपन्देही (पहिचान) माघ १८ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले मुलुकमा आएको परिवर्तनसँगै तीन तहका सरकार बनेपनि आफ्ना समस्या कुनै पनि निकायले नसुनेको गुनासो गरेका छन् । उनीहरुले आफुहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार तथा अन्य सेवासुविधाबाट पछाडी पारिएको गुनासो समेत गरे ।

नील हिरा समाज रुपन्देहीले बुटवलमा गरेको कार्यक्रममा सहभागि भएका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले सरकारले अव नीति बनाउदा आफुहरुलाई पनि सम्बोधन गर्ने खालको नीति बनाउनु पर्नेमा जोड दिए । नील हिरा समाज रुपन्देहीकी कार्यक्रम संयोजक मनिला न्यौपानेले राज्यबाट पाउने कुनै पनि सेवा सुविधा पाउनबाट आफ्नो समुदायलाई बञ्चित गरिएको बताइन ।

उनले तेस्रोलिंगी भन्ने वित्तिकै स्वदेशमा रोजगारी वा वैदेशिक यात्रामा जाँदा सधै झन्झट बेहोर्नु परेको उल्लेख गर्दै प्रदेश सरकारले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सम्बोधन गर्ने नीति बनाउनु पर्नेमा जोड दिइन । तेस्रोलिंगीहरुलाई वहालमा बस्ने समस्या पनि उस्तै रहेको उनको गुनासो थियो ।

मनोसपोर्टिङ्ग म्यापल गु्रपकी अध्यक्ष तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाको सहजिकरणमा भएको कार्यक्रममा नील हिरा समजका कार्यक्रम संयोजक सुमन नेपालले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई हेर्ने मन्त्रालय कुन हो भन्ने अस्पष्टता हुँदा समुदायका समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको बताए ।

कार्यक्रममा तेस्रोलिंगी महिला रुपा गुरुङ्ग, तेस्रोलिंगी नृत्यंगना सुन्दरी थापा, होटल ब्यवसायी सन्तु पुन लगायतले तेस्रोलिंगीहरुले गर्ने बधाई कार्यक्रम तथा अन्य पेशालाई पनि निर्वाध रुपमा संचालन गर्न दिनु पर्ने बताए । उनीहरुले प्रहरी प्रशासनबाट दुख दिने गरेको भन्दै दुख नदिन आग्रह समेत गरे । रुपन्देहीमा करिव पाँच हजारको संख्यामा तेस्रोलिंगी रहेको अनुमान गरिएको छ ।

समाचार शेयर गर्नुहोस्
684
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.