प्रदेश विकास परिषद्मा तेस्रोलिंगीलाई आमन्त्रित संस्थाका रुपमा मनोनित गरिने

प्रदेश विकास परिषद्मा तेस्रोलिंगीलाई आमन्त्रित संस्थाका रुपमा मनोनित गरिने

रुपन्देही (पहिचान) माघ २० – प्रदेश नम्वर ५ ले गठन गर्ने प्रदेश विकास परिषद्मा तेस्रोलिंगीलाई आमन्त्रित संस्थाका रुपमा मनोनित गर्ने गरिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सूचनामा प्रदेश विकास परिषद्मा तेस्रोलिंगीलाई आमन्त्रित संस्थाका रुपमा मनोनित गर्ने उल्लेख गरिएको छ ।

आमन्त्रित संस्थाका रुपमा तेस्रोलिंगीसँगै युवा परिषद्, अपांगता भएका व्यक्ति र एक महिला समेत छन् । प्रदेश विकास परिषद्को माघ २३ गते बस्ने पहिलो बैठकमा आमन्त्रित संस्थाका रुपमा बोलाउने तयारी भएको प्रदेश ५ का कानून सचित भरत मणि रिजालले जानकारी दिए ।

जसअनुसार स्थानीय तहबाट १५ जना, संस्थागत प्रतिनिधि २५ जना र आमन्त्रित व्यक्ति ११ जनालाई मनोनित गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । युवा परिषद्, अपांगता भएका व्यक्ति, एकल महिला र तेस्रोलिंगीका संस्थाबाट पनि प्रतिनिधित्व गराईने प्रदेश ५ सरकारले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.