खोइ स्वतन्त्र भएर जिउने अधिकार ?

खोइ स्वतन्त्र भएर जिउने अधिकार ?

काठमाडौं (पहिचान) फागुन ६ – मितिनी नेपालले यो बर्षको भ्यालेन्टाइन डे मा महिला माथि हुने हिंसा बिरुद्ध ऐक्यवद्धता जनाएको छ । माया प्रेम स्नह र सम्झनाको प्रतिकको रुपमा मनाईने भ्यालेन्टाइन डे मा मितिनीले महिला माथि हुने हिंसा बिरुद्ध ऐक्यवद्धता जनाएको हो ।

मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैंगिक अल्पसंख्यक एलजिबिटिआई समूदायहरुमा विभिन्न किसिमका हिंसा हुने गरेको बताइन । ओबिआर अभियान अर्थात एक सय करोड उलर्दो जनसंख्या मार्पmत हामी सबै बराबर हौ र हामीलाई पनि अरु नागरिक सरह स्वतन्त्र भएर जिउन पाउने अधिकार छ उनले भनिन् ।

लामो समय देखि पहिचानको लडाईमा रहेका यौनिक तथा लौगिक अल्पसङख्यकहरु महिला भन्दा धेरै हिँसा भोग्न बाध्य भइरहेको अध्यक्ष घलानले बताइन । उनले आफुहरुले महिलाका मुद्धाहरुमा साथ दिएको बताउँदै आफूुहरुको पहिचानको लडाईमा महिला अधिकारकर्मीहरुले पनि साथ दिने बिश्वास व्यक्त गरिन ।

भ्यालेन्टाइन डे मा मितिनि नेपालले सडक नाटक देखाएको थियो । एक जना समलिंगी महिलालाई उसको ईच्छा बिपरित पुरुषसँग बिवाह गराउन परिवारले गरेको विभेद देखाइएको थियो । नाटकको परिकल्पना मितिनि नेपालकी कार्यकारी निर्देशक सरु केसीले गरेकी हुन भने अन्तरलिंगी अधिकारकर्मी बिपिन कडायत र अशोक शिभाकोटीले लेखेका हुन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.