मिस स्कूल पाल्पाको ताज रेसिकालाई

मिस स्कूल पाल्पाको ताज रेसिकालाई

पाल्पा (पहिचान) फागुन ६ – मिस स्कूल पाल्पाको ताज रेसिका सिंजालीले पहिरिएकी छन् । तेस्रोलिंगी अधिकारकर्मी अवान्तिका घर्ती मगरको एकल आयोजनामा आर यन्स स्टाइलको प्रस्तुतीमा संचालन भएको मिस स्कूल पाल्पाको ताज रेसिकाले पहिरिएकी हुन् ।

आयोजक मगरले उपाधीसँगै रेसिकालाई १५ हजार नगद पुरस्कार प्रदान गरेकी छन् । त्यस्तै गरिमा राना फष्ट रनर अप र समिरा गुरुङ सेकेण्ड रनर अफ बन्न सफल भएका छन् । निशा पाण्डेलाई अर्गनाइजर च्वाइस सब टाइटल प्रदान गरिएको तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले जानकारी दिइन ।

यस्ता कार्यक्रमले विभिन्न स्थानमा रहेका नेपाली युवा युवतीहरुको अन्तरनिहित प्रतिभाहरुको प्रस्फुटन गर्ने आयोजक घर्ती मगरले बताइन । उनले मोडलिंङ क्षेत्रमा रहेका विभिन्न समस्याहरुको बारेमा सचेत बनाई समयअनुसार युवतीहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताइन ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायबारे गाउँ समाजमा रहेको भ्रम हटाउन विभिन्न ठाउँबाट सहयोग जुटाएर कार्यक्रम गरेको घर्ति मगरले पहिचानलाई बताइन । कार्यक्रममा सहभागीहरुले यस्ता कार्यक्रम फेरी भए सहयोग गर्ने आश्वासन समेत दिएका उनले बताइन ।

तेस्रोलिंगी अधिकारकर्मी एवं संचारकर्मी आनिक रानाको अध्यक्षतामा भएको कार्यक्रमको निर्णायकमा पवन आचार्य, सुजित बस्याल र स्वस्तिका खड्का थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.