तेस्रोलिंगी जुनु मृत्युको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने

तेस्रोलिंगी जुनु मृत्युको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने

845
SHARES

काठमाडौं (पहिचान) चैत ४ – लाजिम्पाटको एक घरमा मृत फेला परेकी तेस्रोलिंगी जुनु गुरुङको मृत्युको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने भएको छ । मृत्युको कारण पत्ता लगाउन नेपाल प्रहरीको बिधि बिज्ञान प्रयोगशालामा भिसेरा परीक्षण गरिने भएको हो ।

गत फागुन २६ गते मृत फेला परेकी जुनुको कुटपिटबाट मृत्यु भएको उजुरी परेपनि पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण नखुलेको प्रहरी स्रोतले बताएको छ । ‘जुनुको पोष्टमार्टम रिपोर्ट ‘अन डिटरमाइन्डेट’ आएको छ स्रोतले भन्यो, अब भिसेरा परीक्षणका लागि नेपाल प्रहरीको बिधि बिज्ञान प्रयोगशालामा पठाउँछौ गर्छौ ।’

कास्की लुम्लेकी जीवन गुरुङ (जुनु) लाजिम्पाटमा रहेको डेरामा मृत भेटिएपछि मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टम गरिएको थियो । पोष्टमार्टम रिपोर्ट अनुसार जुनुको मृत्युको कारण पत्ता नलागेकाले भिसेरा परीक्षण गरिने भएको हो ।

जुनुका परिवार र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले कृटपिटबाट मृत्यु भएको भन्दै कुटपिटमा सलग्नलाई कारवाहीको माग गरेर जाहेरी दिएका छन् । जाहेरीका आधारमा प्रहरीले बिदेश कार्कीलाई पक्रेर अनुशन्धान गरिरहेको महानगरिय प्रहरी वृत्त दरवारमार्गले जनाएको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भने कार्कीको कुटाइबाटै जुनुको मृत्यु भएको बताउँदै आएका छन् । प्रहरीले भने अहिले अनुशन्धान भइरहेको बताउँदै कारण नखुलेको बताएको छ ।

समाचार शेयर गर्नुहोस्
845
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.