बाइसेक्सुयल भएको जीवनको दावी (भिडियो)

बाइसेक्सुयल भएको जीवनको दावी (भिडियो)

ललितपुर (पहिचान) चैत १० – ललितपुर लेलेका जीवन सिलवाल उर्फ उस्तानतुल्लाह मियाँले आफू बाइसेक्सुयल भएको दावी गरेका छन् । पुरुषसँग शारीरिक सम्बन्ध राखेको बताउने उनले आफू बाइसेक्सुयल भएको दावी गरेका हुन् ।

पहिचानसँगको कुराकानीमा उनले महिला र पुरुष दुवैसँग शारीरिक सम्बन्ध राख्नेलाई बाइसेक्सुयल भनिने बताए । ‘मेरो पहिला गर्लफ्रेण्ड थिइन, अहिले मेरो व्वाई फ्रेण्ड छ उनले भने, अलिअलि छोरीको मानसिकता आएकाले मेरो पहिचान बाइसेक्सुयल हो ।’

बाइसेक्सुयलको पहिचानमा खुल्न आफूलाई कुनै समस्या नरहेको सिलवालले बताए । लेलेका जनस्वास्थ्य प्रमूखबाट यौन दुरव्यवहारमा परेको बताएर चर्चामा आएका जीवन सिलवाल अहिले प्रेमकै कारण उस्मानतुल्लाहँ मिया भएको बताउँछन् ।

त्यही प्रेमले नाम र धर्मसँगै आफ्नो पहिचान समेत खुलाएको जिकिर उनले गरे । पहिचान अनुसारको नागरिकता लिने सोच होला नि भन्ने प्रश्नमा उनले अनविज्ञता जनाए । उनले आफू अब बाइसेक्सुयलकै पहिचानमा चिनिन चाहेर मिडियामा आएको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.