२६ जनाले लिए ‘अन्य’ उल्लेख भएको राहदानी

२६ जनाले लिए ‘अन्य’ उल्लेख भएको राहदानी

काठमाडौं (पहिचान) चैत १८ – राहदानी विभागले ‘अन्य’ पहिचानमा मेसिन रिडेवल एमआरपी लिनेको संख्या २६ जना रहेको जनाएको छ । सन् २०१९ को जनवरीसम्म लिंगको महलमा ‘अन्य’ उल्लेख भएको एमआरपी लिनेको संख्या २६ मात्रै रहेको विभागले जनाएको हो ।

राहदानी विभागले सन् २०१५ अगष्टदेखि लिंगको महलमा ‘अन्य’ उल्लेख गरेर राहदानी वितरण सुरु गरेको थियो । नेपालमा पहिलो पटक लिंगको महलमा तेस्रोलिंगी मनोज शाही मोनिकाले ‘अन्य’ उल्लेख भएको राहदानी पाएकी थिइन । मोनिका पछि रुपन्देहीकी सन्तु पुन र काठमाडौंकी भूमिका श्रेष्ठले लिंगको महलमा ‘अन्य’ उल्लेख भएको राहदानी लिएका थिए ।

‘अन्य’ उल्लेख भएको नागरिकता लिएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई राहदानी विभागले अन्य नै उल्लेख गरेर एमआरपी दिदै आएको छ । सन् २०१५ देखि २०१९ को जनवरीसम्म अन्य उल्लेख गरेर २६ जनालाई राहदानी वितरण गरेको बिभागले जनाएको छ ।

सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयता २०१९ जनवरीसम्म ५७ लाख ४० हजार ९७१ राहदानी वितरण भएको विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत पुरुष छन् । ४६ लाख ३३ हजार ९६५ पुरुष र ११ लाख ६ हजार ९८० महिलाले एमआरपी लिएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.