विवाह भइसकेका महिलाका लागि मिसेस लुम्बिनी

विवाह भइसकेका महिलाका लागि मिसेस लुम्बिनी

रुपन्देही (पहिचान) बैशाख ६ – आर एन स्टाईलका संचालक रेशम न्यौपानेले विवाह भइसकेका महिलाको प्रतिभा प्रष्फुटनका लागि मिसेस लुम्बिनी आयोजना गरेको बताएका छन् । केहीदिनअघि दोस्रो मिसेस लुम्बिनी आयोजना गरेको आर एन स्टाईलले विवाह भइसकेका ११ जना महिलाको प्रतिभा प्रष्फुटन प्रतियोगिता आयोजना गरेको हो ।

यस्तै महिला र पुरुषबीच हुने प्रतियोगितमा पनि समलिंगी तेस्रोलिंगीलाई सहभागी गराएर प्रतिभा प्रष्फुटन गराउँदै आएको न्यौपानेले जानकारी दिए । रेशम न्यौपाने रेश्मा भनेर पहिचान बनाएका तेस्रोलिंगी अधिकारकर्मी हुन् ।

दोस्रो मिसेस लुम्बिनीको मुख्य निर्णायक तेस्रोलिंगी अधिकारकर्मी आनिक राना थिइन । रानाले आफ्नो समुदायको लागि मात्रै नभएर महिला पुरुष सबैको भलाईका लागि आफूहरुले काम गर्दै आएको बताइन । यौनिक तथा लैंगिक अल्पसंख्यक आफ्नो मात्रै अधिकारका लागि कुरा उठाउँछन भन्ने भ्रम निवारणका लागि पनि यस्तो कार्यक्रम हुने गरेको बताइन ।

दोस्रो मिसेस लुम्बिनी सिजनको उपाधी बुटवलकी सोनिका खड्काले जितेर मिसेस लुम्विनीको ताज, प्रमाणपत्र सहित नगद १५ हजार हात पारित । यस्तै मिसेस लुम्विनीको फस्ट रनरअपको उपाधी बुटवलकी रन्जना भुषाल र सेकेण्ड रनरअपको उपाधी अर्घाखाँचीकी गरिमा बिसीले हात पारिन ।

यस्तै मिसेस लुम्विनी प्रतियोगितामा मिसेस प्रफेक्टमा बुटवलकी रन्जना भूषाल, भिवर च्वाईसमा भैरहवाकी सरिता राना र अर्गनाईजर च्वाईसमा देवदहकी नेहा शर्मा भइन । निर्णायकको भुमिकामा रानासँगै सुन्दर गुरुङ्ग र रेखा राना थिए ।
तस्बिर : बुलेटिन नेपाल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.