मोनो सपोर्टिङ म्यापल ग्रुपका चार जना कर्मचारीलाई सम्मान

मोनो सपोर्टिङ म्यापल ग्रुपका चार जना कर्मचारीलाई सम्मान

काठमाडौं (पहिचान) जेठ ७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको मोनो सपोर्टिङ म्यापल ग्रुप रुपन्देहीले उत्कृष्ट कर्मचारी सम्मान र पुरस्कार प्रदान गरेको छ । ग्रुपले आउटिज एजुकेटर सुरज साही र केशब थापा (केशरी) तथा कम्युनिटी मोविलाइजर नरेन्द्र चौधरी र प्रलाद कुर्मीलाई उत्कृष्ट कर्मचारी सम्मान र पुरस्कार प्रदान गरेको हो ।

अन्य कर्मचारीलाई काम गर्नका लागि प्रोत्साहन र उत्कृष्टलाई अझै मनोबल बढाउन सम्मान गरिएको ग्रुपकी अध्यक्ष तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले जानकारी दिइन । मोनो सपोर्टिङ ग्रुपकी अध्यक्ष रानाले पहिलो पटक कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरेकी हुन् ।

कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गर्दा संस्थाको उद्धेश्यमा सहयोग पुग्ने विश्वास लिइएको रानाले बताइन । सम्मान र पुरस्कार पाउने कर्मचारीले अझै राम्रो काम गर्ने र अरु कर्मचारीले पनि सम्मान र पुरस्कार पाउन झन धेरै मेहनत गर्ने संस्थाको बिश्वास रहेको रानाले बताइन ।

मोनो सपोर्टिङ ग्रुपले सन् २००६ मा यौनिक तथा लैंगिक अल्पसंख्यकको एचआइभी रोकथाम, मानवअधिकार, हेरचाह र सहयोग कार्यक्रम संचालन गर्दै आएको छ ।

   

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.