विश्वका १ सय प्रभावशाली व्यक्तिको सूचिमा परेपछि भूमिका उत्साहित

विश्वका १ सय प्रभावशाली व्यक्तिको सूचिमा परेपछि भूमिका उत्साहित

काठमाडौं (पहिचान) जेठ १६ – नेपालकी तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ बेलायती संस्था एपोलिटकलले सार्वजनिक गरेको लैंगिक समानता सम्बन्धी शीर्ष १ सय व्यक्तिको सूचिमा पर्न सफल भएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकी उपाध्यक्ष भूमिका नील हिरा समाजमा कार्यरत छिन् ।

लैंगिक समानताको बिषयमा विश्वमा नीति निर्माणमा सकारात्मक भूमिका खेल्ने व्यक्तिको सूचिमा पर्दा एकदमै खुशी लागेको भूमिकाले बताइन । पहिचानसँग कुरागर्दै भूमिकाले बेलायती संस्था एपोलिटकलले सार्वजनिक गरेको शीर्ष १ सय व्यक्तिको सूचिमा पर्दा उत्साहित भएको बताइन ।

लैंगिक नीति बनाउँदा अब आफ्नो पनि भूमिका रहने उनले बताइन । ‘मैले समाचारमा आएपछि थाहा पाए उनले भनिन्, बेलायती संस्थाबाट भने जानकारी पाइसकेको छैन ।’ भूमिकाले तेस्रोलिंगीहरुको आत्मकथा सार्वजनिक गरेकी छन् । नेपालमा तेस्रोलिंगीहरुको आत्मकथा पुस्तक प्रकाशन गर्ने भूमिका पहिलो हुन् ।

उनले अहिले नील हिरा समाजमा रहेर बिभिन्न बिद्यालयमा बिद्यार्थीहरुमा हुने लैंगिक विभेद अन्त्यका लागि अभियान संचालन गरिरहेकी छन् ।

उनी नेपालमा ‘अन्य’ उल्लेख गरेको पासपोर्ट विदेश जाने पहिलो व्यक्ति पनि हुन् । लिंगको महलमा ‘अन्य’ उल्लेख भएको नागरिकता र पासपोर्ट लिएकी भूमिकाले नाम भने परिवर्तन गर्न पाएकी छैनन् । उनको नागरिकता र पासपोर्टमा अहिलेपनि कैशाश श्रेष्ठनै रहेको छ ।

अन्तत भूमिकाले पाइन अन्य उल्लेख भएको नागरिकता

‘भूमिकाको आत्मकथाले सबै तेस्रोलिंगीको जीवनको पाना पल्टाउछ’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.