अनलाइन पत्रकार संघमा नयाँ नेतृत्व चयन

अनलाइन पत्रकार संघमा नयाँ नेतृत्व चयन

काठमाडौं (पहिचान) जेठ १९ – अनलाइन पत्रकार संघको अध्यक्षमा शिव प्रसाद सत्याल पुनः चयन भएका छन् । काठमाडौंमा सम्पन्न संघको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरको हो ।

संघको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल चयन भएका छन् । यस्तै सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्राकुराडटकमका गोविन्द अधिकारी चुनिएका छन् ।

यस्तै सदस्यहरुमा सेतोपाटीडटकमका प्रकाश ढुंगाना, काठमाडौं खबर डटकमका चन्डिका गुरागाईं, अन्नपूर्णका निर्दोष घोरसाइने चयन भए । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुने अनलाइन पत्रकार संघले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.