चन्द्रकान्त चौधरी संसदमा एलजीबीटीआइबारे बोल्ने एक्लो सांसद

चन्द्रकान्त चौधरी संसदमा एलजीबीटीआइबारे बोल्ने एक्लो सांसद

काठमाडौं (पहिचान) असार ८ – कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले विभेद नहुने गरी बनाएका कानून सबैका लागि लागू हुने बताएका छन् । संसदमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री ढकालले लैंगिक हिंसा र अन्य बिषयमा यथेष्ट मात्रामा काम गर्ने बताए ।

उनले सांसदहरुबाट आएका सुझावलाई मार्ग निर्देशन मानेर मन्त्रालय अगाडी बढ्ने प्रतिवद्धता पनि जनाए । उनले न्यायमा पहुँच कम भएकाहरुको बिषयमा मन्त्रालयले ध्यान दिएर काम गर्ने बताए । विनियोजन बिधेयकमाथि यो मन्त्रालयलाई ३२ जना सांसदले प्रश्न गरेका थिए । ३२ जना मध्ये राष्ट्रिय जनता पार्टीका सांसद चन्द्रकान्त चौधरीले मात्रै लैंगिक तथा यौनिक अल्पसंख्यक वर्गको अधिकार सुनिश्चित गर्न माग गरेका थिए ।

विनियोजन विधेयकमाथिको छलफलमा संवैधानिक रुपमा अधिकार पाएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे प्रश्न गर्ने राजपा सांसद चौधरी एक्लो हुन् । अरु कुनै पनि सांसदले यो समुदायबारे शब्द नै उच्चारण गरेनन् । उनले राज्य संचालनमा निशुल्क कानूनी सेवा सहायता उपलब्ध गराइ सेवा सुविधामा पहँच बृद्धि गर्नुपर्ने बताएका थिए । उनले अन्तराष्ट्रिय मानवअधिकारको सम्मान संरक्षण गर्न संयन्त्रको विकास गर्नुपर्ने बताएका थिए ।

उनले यौनिक तथा लैंगिक अल्पसंख्यक बर्गको अधिकार सुनिश्चित गर्न माग गरेपनि कानून मन्त्री ढकालले यो बर्गलाई कुनै संबोधन नगरी आफ्नो मन्त्रालयगत छलफल सकेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.