एलजीबीटीआई व्यक्तिमाथि ठमेलमा आक्रमण, एक जना घाइते

एलजीबीटीआई व्यक्तिमाथि ठमेलमा आक्रमण, एक जना घाइते

काठमाडौं (पहिचान) असार ९ – काठमाडौंको ठमेलमा गएराती यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिमाथि युवाहरुको समूहले आक्रमण गरेको छ । ठमेलको नर्सिङचोकमा सामान्य विवादलाई लिएर युवाहरुको समूहले आक्रमण गरेको हो ।

युवाहरुको आक्रमणबाट विवाद मिलाउन गएकी तेस्रोलिंगी अधिकारकर्मी सुनिता लामा घाइते भएकी छन् । उनको देव्रे आँखा माथिको भागमा गहिरो चोट लागेको वीर अस्पतालकी डाक्टर अनिरा वैद्यले बताइन् । गहिरो चोट लागेकाले टाँका लगाउनु पर्ने उनले बताइन ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका साथीहरुसँग युवाहरुको विवाद भइरहेको खवर आएकाले गएको थिए उपचारका लागि वीर अस्पताल पुगेकी तेस्रोलिंगी अधिकारकर्मी सुनिताले पहिचानसँग भनिन्, पहिले त उनीहरु गएका थिए, एकछिनपछि त ढुङ्गामुडा प्रहार गरे ।’

एक जना युवाले इट्टाले आफ्नो निधारमा हानेको सुनिताले बताइन । ज्यान मार्ने हिसावले समुदायमाथि आक्रमण भएको सुनिताको आशंका छ । तेस्रोलिंगी अधिकारकर्मी सुदीप गौतमले समुदायका व्यक्तिमाथि पटक पटक आक्रमणका घटना भइरहेको बताए ।

केही समयअघि काठमाडौंको लाजिम्पाटमा बिदेश कार्कीको कुटाइबाट तेस्रोलिंगी जुनु गुरुङको मृत्यु भएको थियो । कार्कीलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै कैद सजायँको फैसला सुनाइसकेको छ ।

प्रहरीले यस घटनालाई दुई पक्षबीचको झगडा भएको बताएको छ । महानगरिय प्रहरी प्रभाग दरवारमार्गका प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोद घिमिरेले दुई पक्षबीचको सामान्य झगडामा संलग्न २ जनालाई नियण्त्रणमा लिएको जानकारी दिए । उनले घटनाको अनुशन्धान भइरहेको बताए ।

तेस्रोलिंगी जुनु हत्यामा बिदेश कार्की दोषी ठहर

कुटपिटबाट घाइते भएका तेस्रोलिंगीको स्थानीयले उपचार गर्ने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.