‘यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएन’

‘यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएन’

495
SHARES

मोरङ (पहिचान) असार ११ – यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समाजले हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको सरोकारवालाहरुले बताएका छन् । विराटनगरमा राष्ट्रिय मानवअधिकार आयोग र नील हिरा समाजले आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसङख्यकहरुको मानवअधिकार, समस्या र चुनौती विषयक अन्तरक्रियामा सरोकारवालाले अब समाजले यौनिक तथा लैंगिक अल्पसङख्यकलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्ने बताए ।

सरोकारवालाहरुले यौनिक तथा लैंगिक अल्पसङख्यकहरुले अझै पनि समाजका सम्मान नपाउने गरेको, पहिचान नपाएको, सुरक्षा महसुस गर्न नसकेको अबस्था रहेकोले यसको अन्त्यहुन जरुरी रहेको बताएका हुन् ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी, मोरङका प्रहरी प्रमुख विश्व अधिकारी, इन्सेक प्रदेश कार्यालय विराटनगरका प्रमुख सोमराज थापा, राष्ट्रिय मानवअधिकार आयोगकी मञ्जु खतिबडा, परिवर्तनशिल समाजकी मुस्कान श्रेष्ठलगायतले यौनिक तथा लैंगिक अल्पसङख्यकले समाजमा अन्य नागरिक सरह सम्मान सहित बाँच्न पाउनुपर्ने र यसकालागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

समाचार शेयर गर्नुहोस्
495
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.