लेस्वियन प्रेम कथा ‘जष्ट अनोदर लभ स्टोरी’

लेस्वियन प्रेम कथा ‘जष्ट अनोदर लभ स्टोरी’

काठमाडौं (पहिचान) असार १९ – अभिनेत्री प्रियंका कार्कीले समलिंगी महिलाको प्रेम कथामा आधारित सिरिज निर्माण गरिरहेको बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको राष्ट्रिय प्राइड परेडका दिन रिजिल गर्ने गरी सिरिज निर्माण भइरहेको प्रियंकाले जानकारी दिइन ।

एलजीबीटीआई समुदायले सन् २००४ देखि हरेक बर्ष गाइजात्राको दिन राष्ट्रिय प्राइड परेडका रुपमा गाइजात्रा महोत्सव मनाउँदै आएको छ । अभिनेत्री कार्कीले यो बर्षको गाइजात्रा महोत्सवको दिन समलिंगी महिला (लेस्वियन) को कथामा आधारित सिरिज रिजिल हुने जानकारी दिएकी हुन् ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यकको सकारात्मक रुपमा आवाज उठाउनु पर्छ भनेर सिरिज निर्माण भइरहेको छ अभिनेत्री प्रियंकाले पहिचानसँगको कुराकानीमा भनिन्, अबको २० दिनभित्र निर्माणको काम सक्ने लक्ष्य छ ।’

उनले गाइजात्राको दिन यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले राष्ट्रिय प्राइड परेड मनाउँदै आएकाले त्यही दिन आउँदो साउन ३१ गतेबाट युट्युबमा सिरिज रिलिज हुने बताइन । दुई महिलाबीचको प्रेम र सम्बन्धको स्वीकारोक्ति देखाउने उद्धेश्य रहेको ‘जस्ट अनोदर लभ स्टोरी’ सिरिजमा सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको मुख्य भूमिका रहने छ ।

८ एपिसोड रहने वेब सिरिज आफ्नै युट्युब च्यानल र केही टेलिभिजनहरुबाट रिलिज गर्ने तयारी भइरहेको प्रियंकाले बताइन । सिरिज निर्माण काम सुरु हुनु भन्दा पहिले र कथामा काम हुँदै गर्दा प्रियंकाले सिरिजकी मुख्य पात्र मायाको भूमिकामा सृष्टिलाई रोजेको बताइन ।

तस्बिर : इन्टरनेट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading