लिंग काटेर प्रिया बनेका सुरेन्द्रको बास्तविकता

लिंग काटेर प्रिया बनेका सुरेन्द्रको बास्तविकता

कंचनपुर (पहिचान) असार १९ – केटालाई जवरजस्ती केटी बनाएको खबर पाएपछि हामी ६ जनाको टोली सुरेन्द्र सिंह मालको घरमा सत्य तथ्य बुझ्न पुग्यौ । कृष्णपुर नगरपालिका वडा नम्वर १ धोम्लिलामा रहेको मालको घरमा पुगेर हामीले आमासँग कुरा गर्यौ । उनी घरमा थिएनन् । उनकी आमाले भारतमा लिंग परिवर्तन गरेर आएका सुरेन्द्र महेन्द्रनगर गएको जानकारी दिइन ।

कुरा बुझ्दै जादा प्रियासँग हाम्रो टिममा रहेका मध्ये सहयात्रा नेपालकी अध्यक्ष समेत रहेकी तेस्रोलिंगी अनिशा धमलाको पहिलेदेखि नै चिनजान रहेछ । प्रियाकी आमासँग कुरा गरेर हामी त्यहाँबाट उनलाई भेट्न महेन्द्रनगर फर्कियौ ।

उनलाई हामीले जिल्ला प्रहरी कार्यालयमा भेट्यौ । उनले हामीले चिनेको जस्तो गरे र तिमीहरुलाई यहाँ कसले बोलायो भन्दै रिसाउन थाले । उनी कराए । उनले कराउँदै म केटा हुँ, मलाई जबरजस्ती केटी बनिदियो भने । हामीले उनीसँग कार्यालयमै केही समय बादविवाद पनि भयो ।
हिजो असार १८ गते जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट फोन आयो । तपाईको समुदायको व्यक्ति यहाँ पुरै नाङ्गै भएर, ताली बजाएर बबाल गरिरहेको छ भनेपछि हामी तुरुन्तै त्यहाँ पुग्यौ । त्यहाँ पुग्दा भीड धेरै थियो । उनी मुख छाडेर बोल्दै थिए ।

‘म केटा हो’ मेरो जबरजस्ती लिंग काटेर केटी बनाइदियो । हामीले भन्यौ यदि तिमी केटा हौ भने केटाको कपडा लगाएर आउनु पर्ने किन केटी भएर आएको ? हामीले यो प्रश्न गरेपछि उनीसँग डिसकस भयो । केटाको लिंग काटेर फालेपछि केटीको फिलिङस आउन थाल्यो ।

त्यसपछि हामी जिल्ला प्रहरी कार्यालयका एसपी दिनेश कुमार आचार्यसँग कुरा गर्न गयौ । आचार्यले सबैलाई बोलाएर प्रियाका बुबा आमा, गाउँका बाजे र हाम्रो टोलीसँग छलफल भयो । अनिसाले सुरेन्द्र उर्फ प्रियासँग फेसबुक कुराकानी भएको देखाइन । प्रियाको अनिसासँग पहिलादेखि नै कुरा हुने गरेको रैछ । भारतमा टोली भएर बधाई दिन जाने गरेको र नेपाल आएपछि तेस्रोलिंगीको नागरिकता निकाल्दिन सहयोग गर्दिनु भनेको रहेछ ।

सुरेन्द्रले घर परिवारमा बुबा आमालाई दुख दिने, धम्की दिने, थर्काउने गरेपछि उनको वास्तविकता बाहिर आएको हो । बास्तविकता नबुझी आएका यस्ता समाचारले हामी जस्ता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा नकारात्मक सोच फैलन सक्ने र हामीलाई पनि काम गर्दा तिमीहरुले भारतमा लागेर लिंग काटेर केटी बनाइदिन्छौ कि ? भन्ने आरोप आउन थालेको छ । सत्य तथ्य समाचार नआउँदा हाम्रो समुदायलाई काम गर्न गारो बनाएको छ ।

(लेखक यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने सहयात्रा नेपाल कंचनपुरका कार्यक्रम संयोजक हुन् ।)

भारत गएका सुरेन्द्र जब प्रिया बनेर फर्किए…

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading