दुवै मृगौला पीडित फुल बहादुर लामा सहयोगको पर्खाइमा

दुवै मृगौला पीडित फुल बहादुर लामा सहयोगको पर्खाइमा

तेस्रोलिंगी सुनिताबाट एक लाख रुपैयाँ सहयोग

काठमाडौं (पहिचान) असार २० – नलवपरासी गैडाकोटका मृर्गौला पीडित फुलबहादुर लामा पैसा नभएर जीवन मरणको अबस्थामा रहेका छन् । विगत १५ महिनादेखि उपचार गराउँदै आएका लामाको दुवै मृर्गौलाले काम गरेको छैन । अहिलेसम्म १३ लाख रुपैयाँ खर्च गरिसकेका लामाको आर्थिक अबस्था कमजोर रहेको तेस्रोलिंगी अधिकारकर्मी सुनिता लामाले जानकारी दिइन ।

फुल बहादुरलाई अधिकारकर्मी लामाले १ लाख रुपैयाँ सहयोग गरिसकेकी छन् । फुलबहादुर चितवनको भरतपुर अस्पतालमा उपचार गराएपछि अहिले भक्तपुरको शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका छन् ।

उनले आफूसँग जग्गा जमिन केही नभएको र उपचारका लागि सुनिता लामा बाहेक अरु कसैबाट सहयोग प्राप्त नभएको गुनासो गरे । सहयोग पाए श्रीमतीको मृर्गौला प्रत्यारोपण गर्ने थिए उनले पहिचानसँग भने, पैसा नहुदाँ मृर्गौला प्रत्यारोपण गर्न पाइरहेको छैन ।

३४ बर्षका फुल बहादुर लामाका श्रीमती, एक छोरा र एक छोरी छन् । परिवारमा उनलाई सहयोग गर्ने हैसियत कसैको नभएकाले आफूले एक लाख रुपैयाँ सहयोग गरेको अधिकारकर्मी सुनिताले बताइन ।

तर, आफू एक्लोको यो सहयोगले फुलबहादुरको मृर्गौला प्रत्यारोपण गर्न नपुग्ने भएकाले सहयोग गरिदिन सुनिताले फुलबहादुरको नाममा अपिल समेत गरेकी छन् । फुल बहादुरलाई सहयोग गर्न चाहनेहरुले उनको मोबाइल नम्वर ९८४५६९५८३७ मा सिधै फोन गर्न सक्नुहुनेछ । उनले सहयोगी मनहरुबाट प्राप्त हुने सहयोगले मृर्गौला प्रत्योरोपण गरेर बाँकी जीवन परिवारसँग विताउने आशा समेत व्यक्त गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.