अब प्रियाकै नामले चिनिन्छु ( भिडियो कथा)

अब प्रियाकै नामले चिनिन्छु ( भिडियो कथा)

काठमाडौं (पहिचान) असार २७ – जन्मदाँ छोरै जन्मेका सुरेन्द्र सिंह मालको नाम अहिले परिवर्तन भएको छ । भारत बसाईका क्रममा सुरेन्द्रको नाम परिवर्तन भएको हो । नाम परिवर्तन त्यसै भएको होइन ? कञ्चनपुरबाट काठमाडौं आएका सुरेन्द्रले भने, भारतमा लिंग छेदन गराएपछि नाम परिवर्तन भएको हो ।

अहिले सुरेन्द्रको नाम प्रिया बनेको छ । उनलाई अहिले न्याय चाहिएको छ । न्यायका लागि उनी प्रिया बनेर काठमाडौं आएकी छन् । काठमाडौं आएकी प्रियाले पत्रकार सम्मेलन गरेर आफ्ना कुरा भनेपछि थप प्रष्ट हुन उनलाई खोज्नेको अहिले कमी छैन । अहिले उनी नेपाली मिडियाकी हट केक भएकी छन् ।

भारतको दवावमा फलफुल र तरकारीमा विषाधी परीक्षण गर्ने निर्णय स्थगन गरेको सरकारकासँग भारतीय नागरिकलाई कारवाही गर्न प्रियाले गरेको माग सजिलै पुरा होला नहोला भन्न सकिदैन । तर, उनले लिंग परिवर्तन गराउनेकै छोरालाई माया प्रेममा पारेर कारवाही गराउन गरेको दोस्रो प्रयास भने सफल हुन सकेन ।

पहिलो पटक उसको छोरासँग भागेर कञ्चनपुर आएको थिए उनले पहिचानसँग भनिन, त्यतिवेला उसको बाउ घरमै आएर उसको छोरा लिएर गयो । पछि उ भागेर फेरी आफ्नो घरमा आएको प्रियाले सुनाइन । म असाध्यै माया गर्छु, म तिमी बिना बाँच्न सक्दिन भन्ने उसैले घरमा कुराकानी गर्छु भनेर लग्यो उनले भनिन् कुरा त गर्यो तर, उसलाई नै बाउ आमाले कुटे ।

जसले मेरो यो हालत गरायो म उसलाई उसकै छोराको साथ लिएर सजाय भोगाउन चाहन्थे, आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले न्याय दिलाउन सकेन प्रिया भन्छिन्, उनीहरुको पावर नेपालमा धेरै छ ।

प्रिया आफुले पाएको पीडा अरुले भोग्नु नपरोस् भन्छिन् । उनले समाजमा आफू जस्ता व्यक्तिलाई कर्के नजरले हेर्ने, ए यो त पहिला केटा थियो अहिले केटी भएछ भन्ने, कस्तो हिजडा जस्तो नामले सम्बोधन गर्ने अबस्था रहेको गुनासो गरिन । उनी आफू जस्ता व्यक्तिका लागि कानून बन्नु पर्ने माग गर्छिन ।

लिंग काटेर प्रिया बनेका सुरेन्द्रको बास्तविकता

हेर्नुहोस भिडियो :

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading