दोबाटेमा समलिंगी विवाह…

दोबाटेमा समलिंगी विवाह…

काठमाडौं (पहिचान) साउन ५ – दोबाटे गाउँपालिकामा पहिलो पटक समलिंगी विवाह भएको छ । रुपक र अनुभवले दोबाटे गाउँपालिकामा पहिलो पटक समलिंगी विवाह गरेका हुन् ।

नेपालमा समलिंगी विवाहको कानून बनेको छैन । तर संविधानले लिंगका आधारमा कुनैपनि व्यक्तिलाई भेटभाव गर्न पाइदैन भनेको छ । लिंगक आधारमा भेदभाव गर्न नपाइने संबैधानिक व्यवस्था अनुसार दोबाटे सिरियलको २ सय २६ औ भागमा समलिंगी विवाह भएको हो ।

नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले वास्तविक जीवनमा भने कानूनी रुपमा बैवाहिक अधिकार पाएका छैनन् । उनीहरु विवाहको अधिकार मागिरहेका छन् । सिरियलमा भने दुई समलिंगी पुरुषको विवाह भएको छ ।

टुङ्गोमा नपुगी ढुङ्गोमा बस्ने कुरा आउँदैन भनेर रुपकलाई गाउँभरी केटी देखाइन्छ । रुपकलाई गाउँमा केटीले पनि पछ्याउँछन् । तर, रुपकलाई केटीप्रति फिलिङ नै आउँदैन । रुपकले केटीप्रति इन्ट्रेस नै छैन भनेपछि ओइ ‘गे’ हो कि भनेर समेत भनिन्छ ।

जवरजस्ती विवाह नै गराइदिने भएपछि रुपकले आफ्ना पार्टनरलाई विवाहका लागि गाउँ बोलाउँछन् । उनले काठमाडौंमा रहेका अनुभवलाई घर बोलाउँछन् । के भएर केटी मन नपरेको ? काकाले सोधेको प्रश्नमा रुपकले आफू ‘गे’ भएको बताउँछन् ।

केटी मन नपर्नुको कारण आफू ‘गे’ भएको बताएपछि काका बेहोस बन्छन् । रुपक समलिंगी (गे) भएको गाउँभरी फैलन्छ । ‘गे’ भनेको समलिंगी हो । समलिंगी भनेको केटा भएर केटासँग र केटी भएर केटी मन पर्ने कुराले गाउँको इज्जत जान्छ भनेर काका भतिजलाई गाउँबाट निकाला गर्न जान्ने सुन्ने पुग्छन् ।

गाउँ समाजका छोरा छोरी विग्रने भन्दै काका र भतिजलाई गाउँ निकाल्न पुगेका टाठा बाठालाई देश दुनिया बुझ्न सुझाइन्छ । जवरजस्ती विवाह गराइदिदाँ केटा र केटी दुवैको जीवन बर्बाद हुने भन्दै नेपालको कानून र संविधानले पचाइसकेको सुनाइन्छ ।

सोच फराकिलो पार्नु पर्छ भन्ने सन्देश दिएको दोबाटे सिरियलले एक अर्काको भावनालाई कदर गर्नुपर्छ भनेको छ । तपाई पनि लैंगिकताका आधारमा कसैमाथि भेदभाव गर्ने कुरा सोच्दा पनि नसोच्नुहोस । किनकी यो दण्डनिय अपराध हो । सबैले कुरो बुझे पो राम्रो हुन्छ । सिरियल सकिन्छ ।

पुरा सिरियल हेर्न यहाँ क्लिक गर्नुहोला 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading