व्यक्ति या संस्था

व्यक्ति या संस्था

काठमाडौं (पहिचान) भदौ १४ – व्यक्ति र संस्थाको सम्बन्ध नङसँगै जोडिएको मासु जस्तै हुन्छ । नङ काट्दा मासु काटिने सम्बन्ध डर चेतनशिल प्राणी सबैमा हुन्छ । हातका औंला हुन या गोडाका माथि फर्केर हातको र निहुरिएर खुट्टाको काट्नै पर्छ । टाउको माथि खुट्टा लगेर नङ काट्न सिकाउने शिक्षा दिइएको छ र ?

शिक्षाले नै मानिसलाई बिश्व चिनाउँछ । शिक्षाले नै मानिसलाई आफ्नै क्षेत्रभित्र मात्र सिमित गराउँछ । चिनाउने र सिमित गराउने शिक्षा नै हो । पाएको शिक्षा शेयर गर्दा थाहा पाउँछ जस्तो गर्नेलाई भन्नु कसैको केही हुन्छ र ?

कुनै व्यक्ति लक्षित संस्था संस्था जन्माउने काम २०५४ सालसम्म भयो । त्यसपछि के जन्मियो थाहा छैन । तर, पनि संस्थाको स्थापना नराम्रो थिएन । अंग्रज व्यक्ति भन्दा संस्था प्यारो होला नि भनिरहेका छन् । संस्थाको जन्म कुन हिसावले भयो ? संस्थाको उद्धेश्य के थियो ? त्यो उद्धेश्य अनुसार संस्थाले संस्थागत गरेका बिषय के के हुन् भनेर आजका दिनमा भन्यो भने संस्थागत राजनीति ।

संस्थागत राजनीतिले जनतालाई के दिन्छ ?

राजनीतिको व्याख्या कसरी गर्ने ? खासमा राजनीति के हो ? आफ्नोले जित्दा खुशी हुने र अर्कोले हार्दा रमाउने पक्कै राजनीति होइन । हार्नेसँग भएको क्षमतालाई साथमै लिएर काम गर्नु नै बर्तमान नेतृत्वको जिम्मेवारी हो । २०५४ सालमा स्थापना भएको संस्थाको संस्थापकबारे लिखित दस्तावेज एउटा भएपनि बास्तविकता अर्कौ हुने भएको सुनिएको छ । त्यसलाई प्रष्ट पार्नु पनि वर्तमान नेतृत्वको जिम्मेवारी हो ।

२०५३ सालमा चिसापानी जलविद्युत आयोजनाबाट कम्पास घुमाएर समाचार लेख्ने व्यक्तिले औंल्याएको यो संस्थागत चिन्ता हो । २०४९ सालमा पत्रिकामा काम गर्दा ३ हजार रुपैयाँ तलव थियो । ३ महिनाका लागि नियुक्त हुन अफर आयो । उनी गएनन् । पत्रिकाका प्रकाशकलाई समेत प्रयोग गरियो । तर, उनी गएनन् र २०५३ सालमा आयोजनास्थलमा कम्पास राखेर घुमाए । त्यसको एक बर्षपछि जन्मेको संस्थामा सदस्यता समेत नदिएको जिउँदा व्यक्ति सम्पादक छन् ।

आज नेतृत्व पाएको संस्थाले पोखरामा गरेको तालिममा नेपाली प्रशिक्षकले त्यही कम्पास देखाउने बेलामा माइक खोसियो । एक जनाबाहेक अरु कोही बोलेनन् । सुरुमा त बुझिन तर, पछि थाहा पाए माइक खोसिएको । अनि पोखराबाट गएकै दिन फर्के । विश्व बैंकले त्यतिवेला गरेको कामको एउटा प्रमाणित उदाहरण उनले दिइरहेका थिए ।

नवनिर्वाचित कार्य समितिले पानी पत्रकारको संस्था हुँदो रहेछ भनेर काम गर्नुपर्छ । पक्कै नयाँ काम गरेर देखाइनेछ भनेर उदाहरणिय काम गर्न सकिन्छ । हातमा हात मिलाएर सिमितता भित्र बाहिर निस्कने कि ? वाहिर रहेकालाई पनि समेटेर वृहत बनाउने कि ?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading