अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना पक्राउ

अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना पक्राउ

मोरङ (पहिचान) भदौ २५ – जिल्ला प्रहरी कार्यालय मोरङले अप्राकृतिक मैथुन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ गाडिझारका ४० बर्षीय डिल्लीबहादुर मगरलाई प्रहरीले पक्रेको हो ।

गडिझार टोलकै १४ बर्षीय एक बालकलाई आफ्नै घरमा सुत्न बोलाई मलद्धारमा मैथुन गरेको आरोपमा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । उनलाई मुलकी अपराध संहिता २०७४ को अप्राकृतिक मैथुन अन्तर्गत पक्राउ गरेर अनुशन्धान भइरहेको श्रेष्ठले बताए ।

पक्राउ परेका मगर विवाहित हुन् । ‘सहमतिमा भएको भए प्रहरीमा उजुरी आउँदैनथ्यो श्रेष्ठले भने, उजुरी परेपछि मगरलाई पक्राउ गरिएको हो ।’ मगर विरुद्ध परेको उजुरीमाथि अनुशन्धान भइरहेको र अनुशन्धानपछि अदालतमा मुद्धा दर्ता गरिने प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading