ट्राफिक नियम : राम्रा सबै हाम्रा हुँदैनन्

ट्राफिक नियम : राम्रा सबै हाम्रा हुँदैनन्

काठमाडौं (पहिचान) असोज ८ – नेपालमा तेस्रोलिंगी भन्ने शब्द स्थापित गर्ने व्यक्ति नेपाली नै हुन् । उनलाई २०५१ सालको रत्नपार्क र सन् २००० को रत्नपार्क कुन चाही राम्रो भनेर सबैले प्रश्न गर्छन । प्रश्न गर्नेहरुको पहिचान आ आफ्नै हुन्छ ।

अहिलेसम्म पढ्दै र पढाउँदै आएकाहरुले नियम कति पालना गरेका छन् ? यो प्रश्न बारम्वार सोधिदैन ।

तेस्रोलिंगी सुन्दर देखिन्छन् । ओठमा लिपिष्टिक लगाउनेदेखि आँखामा कालो पोत्नेहरु मध्येका पनि सुन्दरलाई रोज्दा तपाई को रोज्नु हुन्छ भनेर प्रश्न सोध्ने कसले ?

यस्ता प्रश्न तयार गर्नुपर्ने कसले हो र उत्तर दिने कस्ता हुन भनेर हाँसोको पात्रका रुपमा चित्रित हुने हो या गणना भएरै छाड्यो भनेर रमाउने ? सरकार गणना लिनबाट पछि हट्नु हुँदैन ।

सबै सुन्दरकै पछि लाग्ने हुन् भन्दा कोही कसैमा विपरित धुव्रको मिलन हुन सक्छ । विपरित धु्रवसँग उनको लगाव छ । उनी विपरितलाई शब्दमा सकारात्मक बनाउन चाहन्छन् । तर, शब्द खोज्दा खोज्दै हामी आफै मृत्यु बरण गर्छौ । किनकी जाने देखिका सन्तानले मृत्यु वरण गरे ।

उनीहरु सम्झनामा मात्रै रहने हुन  ।

कसैलाई घाटमा पुर्याउने सकस नदिई मर्नुको जति मजा अरु के होला ?

धर्म, कर्म, ध्यान, योग, साधना लगायतका थुप्रै धर्मकर्म गर्ने मान्छेले समेत नियम पालना नगरेपछि के हुन्छ ? लेन अनुशासन मिचेकोमा जरीवाना तिर्ने यो पत्रकारलाई त्यो ठाउँमा बुझाउने क्षमता राख्नु ति ट्राफिक प्रहरीको ड्युटी हो ।

५ सय रुपैयाँ जरिवाना तिरेर कक्षामा बसेपछि मृत्युका कारणहरु देखाइएको छ । गल्ती गरेर कक्षामा गइसकेपछि फोन आउँदा कक्षा भित्रै उठायो र गाईगुई गर्यो भने शिक्षकले त एक पटक माफी दिन्छ तर, ट्राफिक प्रहरीले माफी दिदैन र पैसा असुल्छन् । उसको नाम कम्युटरमा जम्मा हुन्छ ।

उनले ट्राफिक प्रहरीको कक्षामा मोवाइल उठाएर गाईगुई गरे । इमान्दार भएर माफी मागे । माफीले हुँदैन, तपाई कारवाहीमा पर्नु भयो भन्ने भिडियो नै देखाएका तिनले सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा पनि सुनाए । दर्शन छाट्न होइन, बैंककको सडकको तस्विर देखाएर होइन, वास्तविकता र यथार्थ नबुझ्ने यो संसारमा को होला र ? कारवाही गरिहाल्नु पर्ने ट्राफिक प्रहरी नबनौ । नजानेकोलाई सिकाउन थालौं । कारवाहीका नाममा पैसा असुल्ने नगरौं । इमान्दार भएर काम गरौं । तपाई हाम्रो पहिचान यसमै छ ।

सँगै हिड्ने हो भने आफ्नो बोली बचन धम्कीपछिको कारवाहीमा परिणत नहुन् । दुलाललाई दाहाल लेखेर पुन ट्राफिक प्रहरी कार्यालयको ५ नम्बर कोठामा पुर्याउने काम नगरौ । ट्राफिक व्यक्ति होइन । ट्राफिक नियम हो पालना गरौं ।

धन्यवाद

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading