शक्तिको आडमा विभेद : देवदत्त पटनायक (भिडियो)

शक्तिको आडमा विभेद : देवदत्त पटनायक (भिडियो)

काठमाडौँ (पहिचान) असोज २६ – आत्मज्ञान र धर्मको बास रहेको स्थानमा कोहीमाथि पनि विभेद नहुने धर्मशास्त्र तथा मानव दर्शनका ज्ञाताले बताएका छन् ।

आत्मज्ञान र धर्मले सकैलाई पनि कुनै पनि आधार वा बहानामा विभेद वा निचो नदेखाउने धर्मशास्त्र तथा दर्शनका ज्ञाता देवदत्त पटनायकले बताए ।

भारतीय लेखक तथा ’मिथोलोजिस्ट’ देवदत्त पट्टनायकलाई नेपाली मिथहरूका अर्थ सोधिरहेका थिए यौनिक तथा लैंगिक अल्पसंख्यकका अभियन्ता सुनिलबाबु पन्त ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपाल र पहिचान मिडियाले गरेको कार्यक्रममा पट्टनायकले पतिव्रता महिला र पतिविनाको महिलाको तुलना गरेर धर्मशास्त्र र कर्मशास्त्रबारे बताए ।

आमाको नामबाट नागरिकता नदिने अहिलेको नीतिगत सोचलाई उनले ’मुर्ख’ संज्ञा दिए । ’बरु धर्मशास्त्रका कथाहरू हेर्दा त्यहाँ महिलाको स्थान माथि देखिन्छ’, उनको भनाई थियो, ’तर अहिलेका शासकको सोच त्यो भन्दा पनि संकुचित देखियो ।’

’मिथ’ लाई उनले ’मानिसहरूको विश्वास’ का रुपमा अर्थ्याए जसको कुनै वैज्ञानिक प्रमाण भेटिँदैन । ’मन्दिरमा भगवान छन् भनेर जान्छौँ । भगवान हुन्छन् भनेर जान्छौँ । अरुले हुन्छन् भनेको सुनेर जान्छौँ’, उनले बुझाउन खोजे, ’यो सबै विश्वास हो । संसार भरका मान्छे विश्वासमा बाँच्छन् । विश्वास गर्ने आआफ्नो तरिका हुन सक्छ । फरक त्यति हो ।’

झट्ट हेर्दा पैसा धेरै हुने मान्छेलाई खुशी र नहुने मान्छेलाई दुखी मान्न सकिन्छ उनी भन्छन तर, बास्तविकता त्यसो नहुन सक्छ । ’खुसी देख्नु र दुखी देख्नु पनि आआफ्नो विश्वास हो’, उनी भन्छन, ’विश्वास देखेर, भोगेर, सुनेर या अनुमान लगाएर गरिन्छ ।’

उनले भने, ‘मानवमा आत्मज्ञानको अभाव तथा अधर्मको बास भएमा मात्रै अरुलाई निचो देखाउने वा विभेद गर्ने मनोभाव आउँछ ।’

उनले थपे, ‘धर्मले सबैलाई समान देख्ने र सम्मान गर्न सिकाउने गर्छ । आत्मज्ञानले सबैलाई आदर गर्न सिकाउँछ । हाम्रो संस्कार र संस्कृतिको आधार भनेकै धर्म तथा आत्मज्ञान नै हुन् ।’

विशेष गरी पूर्वीय संस्कार तथा दर्शनको बाहुल्यता रहेको नेपाल तथा भारत सहितका क्षेत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि गरिने व्यवहार शदियौँदेखि विद्ययमान धर्म र आत्मज्ञानको मुल मर्मबाट विलकुल विपरित रहेको उनले बताए ।

उनले भने, ‘हामीले मान्दै आएको दर्शन तथा धर्ममा सबै समुदायको स्थान समान छ । त्यसमाथि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि त झन धर्म ग्रन्धहरुमा सम्मानपूर्ण स्थान छ । महाभारत युद्धमा शिखण्डीको महत्वले पनि यसलाई स्पष्ट पार्छ ।’

धर्म तथा नैतिकताका नाममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि हुँदै आएको विभेद अधर्म र अनैतिक रहेको उनले बताए । पहिचानका आधारमा विभेद नभई सम्मान गर्नु पर्ने कुरा धर्म तथा आत्मज्ञानले सिकाउने भए पनि त्यसकै गलत व्याख्या गरेर शक्तिको आडमा विभेद हुँदै आएको उनको भनाई छ ।

धर्मशास्त्रमा कतै पनि फरक व्यवहारको उल्लेख नरहेको बताउँदै उनले मानव जीवनलाई अर्थपूर्ण बनाउने हो भने त्यसको सही रुपमा पालना गर्नु पर्नेमा जोड दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.