बंगलादेशको अनुभव सुनाउँदै अपेक्षा र आकांक्षा

बंगलादेशको अनुभव सुनाउँदै अपेक्षा र आकांक्षा

कञ्चनपुर (पहिचान) कार्तिक ७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी अपेक्षा दाहालले क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा एक बर्ष बंगलादेशको संस्थामा काम गरेर आएकी उनले समुदायका लागि आफूले सीकेका सीप र ज्ञान प्रदान गर्ने बताइन ।

नोरेक कार्यक्रम अन्तर्गत सहयात्रा नेपाल कञ्चनपुरले गरेको कार्यक्रममा उनले समुदायको पहिचानका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहल गरिरहने बताइन । एक वर्ष बंगलादेश बस्दा अन्तरास्ट्रिय तथा राष्ट्रिय क्षेत्रमा आफुले लिएका, सिकेका अनुभवलाई आज यो कार्यक्रम अन्तर्गत सबैसँग ज्ञान दिनुका साथै आउदा दिनमा अझै उत्प्रेरित र उपलब्धि मुलक सी र ज्ञान सिकाउने प्रयास गर्ने दाहालको भनाई छ ।

आफुले सिकेका केही सकारात्मक पक्ष र निरन्तर प्रयास पछि आफुहरुलाई पर्ने गरेका पीडा, अनुभवका साथै आफू को हुँ भन्ने समेत भन्न आजको समुदायका कारण गारो भइरहेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अधिकारकर्मी आकांक्षा तिमिल्सिनाले बताइन । पहिचान हुन नसकेको यो समुदायलाई सहज होस र आफुले विदेशमा उपलब्धि मुलक सिकेका कुराहरुलाई यो समुदायमा जानकारीका साथै सिकाउँदा क्षमता अभिवृद्धी, ज्ञान र उत्प्रेरणा मिल्न सक्ने उनको भनाई छ ।

आगामी दिनमा पनि यस्ता सिकाईका कार्यक्रम गरि सहयोग पाइरहने अपेक्षा गरेको सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतिले बताए । सहभागीहरुले कार्यक्रममा धेरै कुरा सिक्नुका साथै एक आपसमा मित्रताको भावना समेत रहेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.