निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘यौनिक अल्पसंख्यकका आवश्यकता र मागलाई ध्यानमा राखेर योजना बनाउँछौ’

‘यौनिक अल्पसंख्यकका आवश्यकता र मागलाई ध्यानमा राखेर योजना बनाउँछौ’

443
SHARES

रुपन्देही (पहिचान) कार्तिक ८ – प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशमा सबै नागरिकले सम्मानजनक तरिकाले बाच्नसक्ने अवस्था सिर्जना हुने बताएका छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा प्रदेशस्तरीय बहस कार्यक्रममा मन्त्री केसीले सबै समुदायले आत्मसम्मान पूर्वक बाँच्न पाउने कुरा मौलिक हकको विषय भएकाले यसको व्यावहारिक कार्यान्वयन जरुरी रहेको बताए । मन्त्री केसीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सवालमा सरकार गम्भीर रहेको बताउँदै आवश्यकता र मागलाई ध्यानमा राखेर प्रदेश सरकारले योजना बनाउने उल्लेख गरे ।

उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि रोजगारीको अवसर सिर्जना गर्न लोकसेवा आयोगमा प्राथमिकता दिने गरी विशेष प्रस्ताव बनाएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का निर्देशक सम्झना शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको सवालमा तीन तहकै सरकार गम्भीर बन्नुपर्ने बताइन ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष निरु गौतम, मानव स्वास्थ्य समाज दाङका संयोजक शिल्पा चौधरी, नवजीवन संस्था कपिलवस्तुका संयोजक प्रेरणा विष्ट, तेस्रोलिंगी अधिकारकर्मी आनिक राना, मनिला न्यौपाने, विनोद विसीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सवाललाई नीति तथा कार्यक्रममा समावेश गर्न प्रदेश र स्थानीय सरकारसँग आग्रह गरे ।

स्रोत : नागरिक आवाज

समाचार शेयर गर्नुहोस्
443
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.