बार्षिक उत्सवमा फर्निचर प्रदान

बार्षिक उत्सवमा फर्निचर प्रदान

रुपन्देही (पहिचान) कार्तिक १८ – तिनाउ मिसन विकास बैंक लिमिटेडले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संस्थालाई फर्निचर उपलब्ध गराएको छ ।

बैंकको १४ औं बार्षिक उत्सवको अवसरमा रुपन्देहीमा रहेको मोनो सपोर्टिङ म्यापल ग्रुपलाई बैंकले फर्निचर उपलब्ध गराएको हो ।

ग्रुपकी अध्यक्ष तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाको प्रस्तावमा बैंकले बार्षिक उत्सवको अवसरमा केही थान फर्निचर प्रदान गरेको मोनो सपोर्टिङ म्यापल ग्रुपले जनाएको छ ।

संस्था र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको तर्फबाट बैंकलाई धन्यवाद दिइएको अधिकारकर्मी रानाले बताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading