प्रजनन अधिकारमा समर्थन जनाउन अन्तराष्ट्रिय समुदायसँग आग्रह

प्रजनन अधिकारमा समर्थन जनाउन अन्तराष्ट्रिय समुदायसँग आग्रह

555
SHARES

काठमाडौं (पहिचान) कार्तिक २८ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्यलाई पूर्णता दिन र प्रजनन अधिकारमा समर्थन जनाउन अन्तर्रा्ष्ट्रिय समुदायसँग आग्रह गरेकी छन् । उनले महिला र बालबालिकामाथिको हिंसा नियन्त्रण, बाल विवाह तथा जबरर्जस्ती विवाह र मातृ मृत्युदर अन्त्यका लागि सहयोग गर्नसमेत अन्तराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय साझेदार निकायलाई आग्रह गरिन् ।

जनसंख्या तथा विकास सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन (आइसिपिडी) को २५ औँ वार्षिकोत्सवका अवसरमा केन्याको नैरोबीमा आयोजित “नैरोबी शिखर सम्मेलन” लाई सम्बोधन गर्दै मन्त्री थापाले किशोर–किशोरी मैत्री सेवा, यौनिक शिक्षा विस्तार, युवावर्गलाई आफ्नो प्रजनन अधिकारको पूर्ण उपयोग सुनिश्चित गराउन र तिनको स्वास्थ्य र समृद्धिका लागि नेपाल सरकारले प्राथमिकता दिएको बताएको मन्त्रालयले जनाएको छ ।

केन्या र डेनमार्क सरकार तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) द्वारा नैरोबीमा कात्तिक २६ देखि सुरु सम्मेलन कार्तिक २८ सम्म सञ्चालन भइरहको छ । सो सम्मेलनमा भाग लिन मन्त्री थापाको नेतृत्वमा यही कात्तिक २४ गते सरकारी प्रतिनिधिमण्डल नैरोबी प्रस्थान गरेको थियो ।

“नेपालले आइसिपिडीको समर्थन जनाउनाका साथै सन् १९९४ को कायरो सम्मेलनदेखि नै यसलाई आत्मसात् गर्दै आएको छ मन्त्री थापाले भनिन्, महिला अधिकार तथा दिगो विकास र प्रजनन अधिकारमा केन्द्रितजस्ता आइसिपिडीका भावनालाई महत्वका साथ अघि बढाएका छ”े । उनले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न आइसिपिडीको कार्ययोजनालाई उच्च गतिका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि औल्याइन ।

रासस

समाचार शेयर गर्नुहोस्
555
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.