सबैका अमृत बनेर रहुन…

सबैका अमृत बनेर रहुन…

काठमाडौं (पहिचान) कार्तिक २८ – नेपालमा अहिले अंग्रेजी बोल्नेहरुको बाहुल्यता शहरमा व्याप्त त । अंग्रेजीलाई माध्यम भाषा मान्नुपर्ने दवावकाबीच पाकिस्तानको भाषालाई अंग्रेजीकरण गरिएको हेर्न दायाबाया नै शिर हल्लाउँनै पथ्र्यो । दक्षिण एसियाली देशहरुमा नेपालमा चर्चा हुने भनेको पाकिस्तान नै हो ।

रातो बंगलाको नाम बालबालिकाका लागि मात्रै होइन, अभिभावकका लागि पनि उत्तिकै नामले परिचित छ । अनिकालमा विउ जोगाउनु, भीडभाडमा ज्यान जोगाउनुु । यस्ता उखान नसुनेका सायदै होलान । तर, उनीहरु कहिले पनि एक हुन सकेनन् । जुन सुकै देशमा जन्मेको मान्छे कुनै न कुनै दिन मर्नुपर्छ, खोलाले बगाएर मरेका गौतम, रुखबाट लडेर मरेका भट्टराई, भुकम्पमा परेर मरेका दुलाल, रोगले मरेका भण्डारी, सरकारमा हुदाँ समेत प्रतिपक्षको जस्तो व्यवहार गर्ने नेतृत्व विश्वका सायदै कम देशमा हुन सक्छ ।

मिलेर बसेकालाई फुटाउनु पर्ने सोच शहरबाट गाउँ पसिसकेको छ । गाउँको शुन्दरता विस्तारै मेटिदै गएर लोप होला कि जस्तो भइसक्यो । मानवियता हराइसक्यो । तर, होइन । मानवियता हराएको छैन । पटक पटक मानवियता मात्रै देखाइरहन सकिदैन । त्यसो भए रुखसँग लडेर बाउ पाउने ? खोलासँग डराएर तर्न छोड्दिने ? भुकम्पसँग डराएर चौरमा बस्ने ? अहिले सबै नेपालीलाई आफ्नो देशको सीमा मिचिएकोमा चिन्ता छ ।

कुरा अब दक्षिण एसियाली फिल्म फेष्टिवलको । बच्चालाई सर्पको बिष चुसाउँदा दुई दिन भित्र मरेन भने हामी जस्तै जोगी हुने र मरे अल्लाह हुने देखाइएको ७६ मिनेट लामो वृतचित्रमा सत्य बोल्ने कुकुर हुन भनेर पटक पटक देखाइएको छ ।
सन् १९९७ देखि सुरु भएको महोत्सवमा नेपाली बोल्ने अमृत गुरुङ मात्रै थिए । उनले नेपालीमा बोलेको अंग्रेजीमा उल्था गर्दिने कनकमणी नै थिए ।

अमृत गुरुङको मर्म स्पर्सी चरा र माछाको जस्तो जीवनको कल्पना मात्रै नबनोस । हामी नेपालीको सीमा नतोकियोस । हामी जता ततै पुग्न सक्छौ । यो शब्दले कसको मन कटक्क नहोला र ? नेपाल र पाकिस्तान दुवै छिमेकी देशको मिचाहा प्रवृत्तिको मारमा परेका देश हुन् । काश्मिरमा जस्तै अहिले नेपालको कालापानी चर्चामा छ । नेपाली भुभाग हडपेपछि नेपालीको मन रोएको छ । सबै नेपाली एक जुट हुनुको कुनै विकल्प पनि छैन ।

तर, देशमा स्वतन्त्रताका नाममा अधिनायकबाद देखिन थालेको छ । लोक भाका, संस्कृती हराउँदै गएको छ । स्वतन्त्र पूर्वक बोल्न नदिने प्रयत्न भइरहेको छ । गायक अमृतलाई जस्तै प्राय सबै नेपालीको मनमा यस्तै चिसो पसिरहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.