सन्देश र प्रनिशालाई प्रदेश स्तरिय नेपाल रोल मोडलको उपाधी

सन्देश र प्रनिशालाई प्रदेश स्तरिय नेपाल रोल मोडलको उपाधी

रुपन्देही (पहिचान) मंसिर १ – बुटवलमा भएको प्रदेश स्तरिय नेपाल रोल मोडल सिजन थ्रीको उपाधी सन्देश गुरुङ र प्रनिशा थापाले जितेका छन् । आर.एन.स्टाईलले युवा युवतीमा रहेको आन्तरिक प्रतिभा तथा बाहिरी सुन्दरतालाई प्रस्फुटन गराउने उद्धेश्यले आयोजना गरेको रोल मोडलको उपाधी पुरुषतर्फ सन्देश र महिलातर्फ प्रनिशाले जितेका हुन् ।

प्रतियोगितामा सहभागी पुरुष, महिला तथा तेस्रोलिंगीहरुलाई उछिन्र्दै उनीहरुले उपाधी उचालेका हुन् । उपाधी सहित गुरुङले थुप्रै उपहार हात पारेका छन् भने थापाले ताज सहित विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागि हुने अवसर पाउने छन् ।

प्रतियोगितामा फष्ट रनरअप राजेन्द्र तामाङ र पुजा थापा, सेकेण्ड रनरअप कृश श्रेष्ठ र नमश थापा, भिवर च्वाईस प्रनिशा थापा भएकी छन् । यस्तै वेष्टवाक स्वस्तिका क्षेत्री र कृश श्रेष्ठ, बेष्ट प्रशनालिटी प्रनिशा थापा र योगेश पौडेल, मष्ट ट्यालेन्ट प्रस्तिक थापा र नमश थापा भएका छन् । यस्तै हेण्डसम वीथ प्रपोज शिव रेग्मी, मिष्टर सोसियल रेस्पोन्सिवल अनुझा र सुनिता, मिस फ्रेसनेश अन्जना पाण्डे, आरएनएस च्वाईस दिलीप यादव र बर्षा लामा, वेष्ट मोडल विवेक केसी र रेनुका चौधरी भएकी छन् ।

आर.एन. स्टाईलका फाउण्डर रेशम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ तिनाउ बुटवलकी चार्टड पे्रसिडेण्ट देवी वाग्ले, एसपिएम क्रियशनका फाउण्डर पवन आचार्य लगायतले विजयी प्रतियोगिहरुलाई उपाधी तथा ताज प्रदान गरे । संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको कार्यक्रमको कोरियोग्राफि अवन्तिका घर्तिमगरले गरेकी थिइन ।

कार्यक्रममा युवा, युवती तथा तेस्रोलिंगीको अधिकारका विषयमा वकालत गरेको तथा तालिम दिएको भन्दै पव्लिक स्पिकर ट्रेनर झविन्द्र देवकोटा र तेस्रोलिंगी अधिकारकर्मी आनिक राना मगरलाई दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । एक महिना अगाडिदेखि विभिन्न क्षमता अभिवृद्धिका तालिमहरु लिएका प्रतिस्पधीहरुले बुटवलमा भएको फाईनमा उपाधीका लागि प्रतिस्प्रर्धा गरेका हुन ।

विभिन्न प्रतियोगितामा विजेता वनेका रुपन्देही, कपिलवस्तु, दाङ, वर्दिया, गुल्मी, पाल्पा, स्याङजा, हेटौडा लगायतका शहर तथा जिल्लाबाट प्रतिनिधित्व गरेका २१ प्रतियोगिहरु कार्यक्रममा सहभागि भएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading