सहयोग बन्द भएपछि यौनिक तथा लैंगिक अल्पसंख्यक पलायन

सहयोग बन्द भएपछि यौनिक तथा लैंगिक अल्पसंख्यक पलायन

बाँके (पहिचान) मंसिर १७ – अन्तराष्ट्रिय संघ संस्थाको सहयोग बन्द भएपछि यौनिक तथा लैंगिक अल्पसंख्यक पलायन हुन थालेका छन् । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सहयोग गर्दै आएका दातृ निकाय मध्ये केहीले सहयोग बन्द गरेका छन् भने केहीले सहयोग कटौती गरेका छन् । नर्वेजियन र युएनडिपीले यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि दिदै आएको सहयोग बन्द गरेका छन भने गरिरहेका दातृ निकायले पनि सहयोग रकम कटौती गरेका छन् ।

केही वर्ष अघिसम्म नेपालगञ्ज सहित देशका विभिन्न ठाउँमा यौनिक तथा लैंगिक अल्पसंख्यकको चहलपहल धेरै थियो । केन्द्रदेखि स्थानीय संस्थाले कार्यक्रम संचालन गर्दा अधिकांश यौनिक तथा लैंगिक अल्पसंख्यकले रोजगारी समेत प्राप्त गरेका थिए । तर अहिले अन्तर्राष्ट्रिय संस्थाको सहयोग बन्द भएपछि उनीहरु अन्यत्र पलायन हुने क्रम बढेको छ ।

पश्चिम तारा नेपालकी अध्यक्ष परिना चौधरीले युएनडिपीको सहयोग बन्द भएपछि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा काम गर्ने संघ संस्था नै बन्द हुने अवस्थामा पुगेको बताइन । हिजो यूएनडिपीको सहयोग हुँदा धेरै तेस्रोलिंगीहरुले काम पाएका थिए, तेस्रोलिंगीहरुको अधिकारको क्षेत्रमा धेरै वकालत पनि भयो, चौधरीले भनिन,– अहिले युएनडिपीको सहयोग बन्द भएपछि विगतमा खुलेका तेस्रोलिंगीहरु समेत पलायन हुने क्रम बढेको छ ।

विगतमा खुलेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरु हाल काम नपाएपछि सीमावर्ती भारतीय गाउँमा नाचगानको काममा लागेका यौनिक तथा लैंगिक अल्पसंख्यकका अगुवाहरु बताउँछन् ।

कतिपय यौनिक तथा लैंगिक अल्पसंख्यकहरु यौनकर्मीको रुपमा कार्यरत छन् । ति मध्ये ३ जनामा एचआईभी संक्रमण देखिएको पश्चिम तारा नेपालकी अध्यक्ष चौधरीले बताइन । सरकारी र गैर सरकारी क्षेत्रबाट सहयोग नभएपछि हालसम्म खुलेका धेरै तेस्रोलिंगीहरु पलायन हुने र यौनकर्ममा लाग्ने भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यकका अगुवाहरुले राज्यका निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

केही वर्ष अघिसम्म यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको हक अधिकारको क्षेत्रमा काम गर्ने नेपालगञ्जमा तीनवटा संस्था कार्यरत रहेकोमा हाल पश्चिम तारा नेपाल मात्रै सक्रिय छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यकले पहिचान सहितको नागरिकता पाउनुपर्ने, समलिंगी विवाह सम्वन्धी कानून बन्नुपर्ने लगायत संविधानमा लेखिएको अधिकारको पूर्ण प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading