नौमती बाजामार्फत सामाजिक परिवर्तन अभियान

नौमती बाजामार्फत सामाजिक परिवर्तन अभियान

काठमाडौं (पहिचान) पुस २ – महिलाको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महिला नौमती बाजा समुहले महिलालाई वाद्य वाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएको जानकारी गराएको छ । समुहकी अध्यक्ष जानुका पौडेलले यो समुहका महिलाले देशमा पहिलोपटक पञ्चेबाजा बजाएर इतिहास रचेको बताइन् ।

विभिन्न चुनौतीहरु पार गर्दै महिलालाई ऐतिहासिक संस्कृतिको संरक्षणमा सरिक बनाएर सशक्तिकरणको अभियानमा जागरुक बनाएको उनको भनाई छ । उनले भनिन्, हामीले ऐतिहासिक संस्कृतिको संरक्षणमा महिलालाई सरिक गराएर समाजमा नयाँ सन्देश फैलाएका छौं ।
महिला नौमती बजाएर उत्पादनशील कार्यमा लागेबाट समाजमा सही सन्देश गइरहेको पौडेलले बताइन् ।

बजाउने महिलामा आत्मबल बढिरहेको र बजाएको देख्नेहरुमा पनि महिलाले झनै गर्न सक्दारहेछन् भन्ने सन्देश प्रवाह भएको उनको भनाई थियो । उनले समाजमा सही सन्देश जाँदा आफूहरु उत्साहित भएको बताइन् ।

प्रशिक्षणका लागि आर्थिक खर्च, तालिमका लागि सही स्थानको अभाव र तालिम लिंदा र लिइसकेपछि प्रशिक्षण लिनेहरुलाई टिकाउनै कठिन हुनेगरेको अनुभव उनले सुनाइन् । कार्यक्रममा महिला नौमति बाजा समुहले वाद्य वाधन र गायन कला समेत प्रदर्शन गरेको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading