‘सञ्चार माध्यमका कारण समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन’

‘सञ्चार माध्यमका कारण समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन’

मकवानपुर (पहिचान) पुस ८ – अझै पनि हामी परिवर्तनशील समाजको अवस्थासम्म आईपुग्दा आममानिसले तेस्रोलिंगीलाई हेर्ने फरक दृष्टिकोण र फरक धारणाले उनीहरुको भावनामा चोट पुर्याउने गतिविधि भईरहेको छ ।

अस्तित्व र सम्मानको खोजीमा पनि समाजले तेस्रोलिंगीलाई स्वतन्त्र भई बाँच्ने अवसर प्रदान गरिसकेको अवस्था छैन् । तेस्रोलिंगीहरु सुन्दर भविष्यको परिकल्पना गर्दै लामो गन्तव्य यात्रामा लम्किएका छन् । त्यस कारण समाजबाट छुटिएर भएपनि उनीहरुले आफ्नो पहिचान बनाएका छन् ।

यही समाजले तेस्रोलिंगीलाई विवाह बन्धनमा बाँध्नु भनेको तेस्रोलिंगीप्रति थप समस्या निम्त्याउने कार्य हुने गरेको फ्रेण्डस् हेटौंडाका सुरुज थापाले गुनासो गरे । हाम्रो समाजले वा देशको कानूनले त्यो विवाहलाई कुनै रूपमा किन स्वीकार गर्न सक्दैन उनले प्रश्न गरे । उनले भने म तेस्रोलिंगी भएकै कारणले पनि मेरो घरका दाजु तथा दिदिहरुको विवाहको सन्दर्भमा समस्या परेको बताए । ‘सवाल भनेको मानवीयता र भावनात्मक विषय पनि हो’ थापाले भने ।

‘हेर्ने नजरमा पहिलाकोे भन्दा धेरैनै परिवर्तन आएको छ । यस परिवर्तनकै लागि भनेर कयौं कार्यक्रमहरु भए हाम्रो आवाज पनि सुनुवाई भयो त्यो हामी स्विकार छौ । तर अझै पनि परम्परागत हेर्ने हिसाबले हो भने हामी जहाँको त्यहि छौ उनले भने, हाम्रो चाहिँ मन होइन र ? हाम्रो आफुले चाहेको मान्छेसंग जीवन बिताउन सक्दौनौ र ?’ राज्यले कानून त बनाएको छ तर पनि झारो मेट्ने काम गरिरहेको थापाले गुनासो गरे ।

थापा भन्छन, ‘जिवजन्तुलाई कानून छ, वन तथा फुलविरुवाको समेत कानून निर्माण भएको छ तर पनि हाम्रो लागि सरकारले पक्षपातनै गरिरहेको छ यसमा हाम्रो चित्त दुखाई छ ।’

यौनिक तथा लैंगिक अल्पसंख्यकका प्रतिनिधिहरुको समाजले आफुहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुमा सञ्चार माध्यमको महत्वपुर्ण भुमिका रहेको फ्रेण्डस् हेटौंडाकी रुवी लामाले बताईन् । सञ्चार माध्यमका कारण समाजमा आफुहरुलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको र अझै पुर्ण रुपमा आउन नसकेको गुनासो उनको छ । पछिल्लो समय यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारहरु कानूनमा लेखिएपनि व्यवहारमा लागु नभएको उनको भनाई छ ।

लामाले भनिन्, ‘म पनि दुई अढाईवर्षदेखि कोही कसैको माया प्रेममा छु तर पनि मैले विवाह गर्न पाईराखेको छुईन । जब हामीले विवाहनै गरेपनि विवाह दर्ता गर्न नसकेपछि विवाह गरेको र नगरेको कुनै अर्थ रहेन ।’ नागरिकताको सवालमा पनि उस्तै छ लामाले थपिन् । परिवारले समेत साथ नदिदा नागरिकता समेत बन्न नसकेको लामाले बताईन् । यसमा राज्य पक्षले नै बलियो कदम चाले मात्रै आफुहरुले स्वतन्त्र पुर्वक बाच्न पाउने र आफुले मनले खाएको मान्छेसंग विवाह गर्न पाउने उनको आशा छ ।

त्यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक प्रदेश न ३ का मानवअधिकारकर्मी रुयल सुनार भन्छन्, सरकारले तेस्रोलिंगीप्रतिको दायित्व पूरा गर्नुपर्ने हो तर किन यस सन्दर्भमा सरकार एकदम कमजोर देखिन्छ । शिक्षा र रोजगारीमा तेस्रोलिंगीलाई कुनै अवसर नहुँदा अझै हामी खुल्न सकेका छैनौ । समाजमा तेस्रोलिंगीप्रति समान भावनात्मक सम्बन्धको जरा गाड्नुपर्ने सरकारको कार्य हो तर सरकार पक्षबाटै हामी पेलिदा अन्यले कस्तो व्यवहार गर्छ त्यो भनिराख्नु नपर्ला ।

हाम्रो समाजले तेस्रोलिंगीप्रति गरिने व्यवहारमा फरकपन आउनुपर्ने र सरकारले तेस्रोलिंगीको जीवन उकास्ने कार्यमा ध्यान केन्द्रित गर्नुपर्ने सुनारको भनाई छ । धेरै कुरामा परिवर्तन आएको छ तर पनि यस विवाहको सन्दर्भमा किन सरकार मौन छ त्यो हामीले बुझन् सकिरहेका छैनौ । हामीलाई कि मान्छेमा गणना गर्नुभएन नत्र भने हामीलाई पनि अन्य सरहनै हक अधिकार दिनपर्ने सरकारको दायित्व रहेको सुनारले बताए ।

(यो सामग्री नवयुगबाट लिएका हौं ।)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading