आनिक रानालाई हिरो अफ पव्लिक अवार्ड

आनिक रानालाई हिरो अफ पव्लिक अवार्ड

रुपन्देही (पहिचान) पुस १३ – तेस्रोलिंगी अधिकारकर्मी आनिक राना हिरो अफ पव्लिक अवार्डबाट सम्मानित भएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि लामो समयदेखि वकालत गर्दै आएकी राना हिरो अफ पव्लिक अवार्डबाट सम्मानित भएकी हुन् ।

रुपन्देही युवा समुहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि गरेको योगदानको मुल्याङकन गर्दै रानालाई सम्मान गरेको हो । सम्मानित भएपछि रानाले आयोजक संस्थालाई धन्यवाद दिएकी छन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले हिरो अफ पव्लिक अवार्डबाट सम्मानित रानालाई बधाई दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.