तेस्रोलिंगी अजिताको हत्या भएको आशंका, असुरक्षित भएको तेस्रोलिंगीको महसुस

तेस्रोलिंगी अजिताको हत्या भएको आशंका, असुरक्षित भएको तेस्रोलिंगीको महसुस

काठमाडौं (पहिचान) माघ ५ – प्रहरीले तेस्रोलिंगी अजिता भुजेलको हत्या भएको आशंका गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्याम्पाडाँडामा मृत अवस्थामा भेटिएकी अजिताको हत्या भएको आशंका प्रहरीले गरेको हो ।

अजिताको घाटीमा बत्तिको तार बेरिएको र घाटीमा निलो डाम देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमूख प्रहरी उपरीक्षक एसपी सुशील सिंह राठौरले जानकारी दिए । उनले पहिचानसँग घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने देखिएको बताए ।

शंकास्पद केहीलाई सोधपुछ गरिएको बताउँदै उनले अनुशन्धान जारी रहेको बताए । प्रहरीले अजिताको हत्या भएको आशंकामा केहीलाई सोधपुछ गरेर अनुशन्धानको घेरामा राखिएको जनाएको छ । एसपी राठौरले अजितासँग शारीरिक सम्बन्ध राख्नेहरुको पनि खोजि भइरहेको बताए । उनले अपराधी कुनै पनि हालतमा उम्केर भाग्न नपाउने बताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अजिताको परिवारले घटनामा संलग्न दोषीलाई पक्राउ गरेर कारवाही गर्न माग गरेका छन् । अजिताका काका गेदबहादुर भुजेलले घाटीमा बत्तिको तारले बेरेको र निवस्त्र सडकमा फालेको अबस्थामा शब भेटिनु शंकास्पद भएको बताए । अजिताको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका पनि गरिएको छ ।

यो घटनाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले असुरक्षित भएको बताएका छन् । तेस्रोलिंगी अधिकारकर्मी सुरज थापाले षडयन्त्र गरेर अजिताको हत्या भएको हुन सक्ने बताए । उनले दोषीलाई कारवाही गर्न प्रहरीसँग अनुरोध गरिएको बताए ।

अजिताले लगाएको सुनको गहना, मोवाइल भेटिएको छैन सुरजले पहिचानसँग भने अजिताको बलात्कारपछि हत्या भएको शंका छ । उनले अजिताको हत्यासँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले असुरक्षित महसुस गरेको बताए । उनले सुरक्षाको ग्यारेन्टी गर्न माग समेत गरे ।

हेटौडा नवलपुरकी २९ बर्षकी तेस्रोलिंगी अजिताको शबको शिक्षण अस्पताल महाराजगंजमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमा अजिताको घाटीमा निलडाम, टाउकोमा चोट देखिएको चिकित्सकले बताएका अजिताका फुपाजु देवहादुर थापाले जानकारी दिए । चिकित्सकका अनुसार पोष्टमार्टम रिपोट तीनदिन भित्र आउनेछ । फुपाजु थापाले अजिताको हत्या नै भएको भन्दै हत्यामा संलग्न कसैलाई पनि छोड्न नहुने बताए ।

अजिताले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पहिलो पटक लैंगिक पहिचानमा अन्य उल्लेख गरेर नागरिकता लिएकी थिइन । उनले समलिंगी विवाह समेत गरेकी थिइन ।

तेस्रोलिंगी भुजेल बाँधिइन् बैबाहिक बन्धनमा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.